मर्जरपछि नेप्सेमा युनिक नेपालको शेयर सूचिकृत, भोलिबाट कारोबार गर्न सकिने

मर्जरपछि नेप्सेमा युनिक नेपालको शेयर सूचिकृत, भोलिबाट कारोबार गर्न सकिने

अर्थ डबली
बिहिवार, फागुन ४ २०७९
अर्थ डबली
बिहिवार, फागुन ४ २०७९ (अर्काइभ बाट)
  • मर्जरपछि नेप्सेमा युनिक नेपालको शेयर सूचिकृत, भोलिबाट कारोबार गर्न सकिने

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको छ । 

    images
    images

    मर्जर पछि आज बिहिबार नेप्सेमा ‘युएनएलबी’ सिम्बोलबाट युनिक नेपालको ११ लाख ६ हजार कित्ता शेयर सूचिकृत भएको हो । 

    युनिक नेपाल र साविक घोडीघाडा लघुवित्तबीच एक आपसमा १ः०.५ अनुपातमा गाभ्ने गाभिने वा मर्जर भई कायम हुन आएको शेयर आज नेप्सेमा ‘युएनएलबी’ सिम्बोलबाट सूचिकृत भएको हो ।

    साविक घोडाघोडीको १ लाख ३८ हजार १२५ कित्ता र युनिक नेपाल लघुवित्तको कुल९ लाख ६८ हजार २ सय कित्ता शेयर गरी कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ११ लाख ६ हजार ३२५ कित्ता शेयर युनिक नेपाल लघुवित्तको नामबाट सूचिकृत भएको हो ।

    अब भोलिबाट उक्त शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

    1.JPG

     

    2.JPG

    साताको लोकप्रीय