माथिल्लो मैलुङ खोला जलविद्युतले सर्वसाधारणका लागि आइपिओ बिक्री गर्ने 

माथिल्लो मैलुङ खोला जलविद्युतले सर्वसाधारणका लागि आइपिओ बिक्री गर्ने 

अर्थ डबली
शुक्रवार, फागुन ५ २०७९
अर्थ डबली
शुक्रवार, फागुन ५ २०७९ (अर्काइभ बाट)
  • माथिल्लो मैलुङ खोला जलविद्युतले सर्वसाधारणका लागि आइपिओ बिक्री गर्ने 

    काठमाडौँ  / माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणका लागि आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो । 

    images
    images

    कम्पनीले २५ लाख कित्ता आइपिओ निष्कासन गर्नका लागि सेबोनमा फागुन ३ गते निवेदन दिएको छ। आइपिओ निष्कासन गर्ने अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थानीय बासिन्दाका लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ बिक्री गर्नेछ । 

    कम्पनीको आइपिओ बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडले प्रबन्धकको जिम्मेवारी प्राप्त गरेको छ । 

    कम्पनीले रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर १ मा १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  

    साताको लोकप्रीय