धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका लागू, केके छन् व्यवस्था ? 

धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका लागू, केके छन् व्यवस्था ? 

धितोपत्र दलाल व्यवसायी–सेयर ब्रोकरेज कम्पनी)हरूले शाखा कार्यालय खोल्दा चुक्तापुँजी डेढ करोड रुपैयाँको दरले कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।

अर्थ डबली
शनिवार, फागुन ६ २०७९
अर्थ डबली
शनिवार, फागुन ६ २०७९ (अर्काइभ बाट)
  • धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका लागू, केके छन् व्यवस्था ? 

    काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेवोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर)ले शाखा खोल्ने सम्बन्धी निर्देशिका लागू गरेको छ । दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी कार्यलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी बोर्डले निर्देशका लागू गरेको हो । 

    images
    images

    बोर्डले ब्रोकरको शाखा कार्यालय खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो छरितो बनाउन उक्त निर्देशिका तयार गरी लागू गरेको जनाएको छ । निर्देशकाअनुसार ब्रोकरले एक पटकमा एउटा मात्र शाखा कार्यालय खोल्नका लागि निवेदन दिन पाउनेछ । उक्त निवेदनको जाँजबुझ गरी बोर्डले सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको मितिले १५ कार्यदिनभित्र पूर्वाधार तयार गरी शाखा कार्यालय खोल्न स्वीकृति प्रदान गर्नेछ । सो मितीले तीन महिनाभित्र शाखा कार्याले खोली सञ्चालनमा ल्याउनुपर्नेछ । 

    धितोपत्र दलाल व्यवसायी–सेयर ब्रोकरेज कम्पनी)हरूले शाखा कार्यालय खोल्दा चुक्तापुँजी डेढ करोड रुपैयाँको दरले कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।

    नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९’ लागू गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशिकामा ब्रोकरले काठमाडौँ उपत्यकाबाहिर कम्तीमा तीन वटा शाखा कार्यालय खोलिसकेपछि मात्र काठमाडौँ उपत्यकाभित्र शाखा खोल्न पाउने व्यवस्था छ ।

    शाखा कार्यालय खोल्न चाहने धितोपत्र दलाल व्यवसायीको नेटवर्थ चुक्तापूँजीभन्दा बढी हुनुपर्नेछ भने शाखा कार्यालयमा खटाइने कर्मचारीहरुलाई जिम्मेवारी दिनुअघि ग्राहक व्यवस्थापन, कारोबार, कारोबार प्रणाली, राफसाफ तथा फछ्र्यौट, जोखिम व्यवस्थापन, धितोपत्र बजार सम्बन्धी प्रचलित कानून स्थापित संस्था तथा तिनीहरुको काम, कर्तव्य र अधिकार लगायतका विषयमा पर्याप्त जानकारी हुने गरी मुख्य कार्यालयबाट तालिमको व्यवस्थापन हुनुपर्नेछ ।

    यसैगरी कुनै पनि ब्रोकर कम्पनीको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतले सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाएको भएमा सजाय पाएको मितिले एकवर्षसम्म सम्बन्धित कम्पनीले शाखा कार्यालय खोल्न नपाउने व्यवस्था गरिएको छ ।

    एकपटक शाखा कार्यालय खोल्ने स्वीकृति पाएर तोकिएको समयमा खोल्न नसक्नेले अर्को एक वर्षसम्म पुनः शाखा कार्यालय सञ्चालनका लागि निवेदन दिन नपाउने व्यवस्था समेत भएको छ ।

    कुनै शाखा कार्यालय सञ्चालनमा व्यवधान भएमा त्यो बन्द गर्ने निवेदन धितोपत्र बोर्डमा दिनुपर्ने र आवश्यक अध्ययन गरी बोर्डले १५ दिनभित्रमा शाखा बन्द गर्न निर्देशन दिनसक्नेछ ।

    त्यस्तै, शाखा कार्यालय खोलिसकेका ब्रोकरहरुको चुक्तापूँजी यो निर्देशिकाको व्यवस्थाअनुसार नपुगेको खण्डमा यो निर्देशिका प्रारम्भ भएको ६ महिनाभित्र पुर्याउनुपर्ने व्यवस्था समेत गरिएको छ ।

    निवेदन पेश गर्दा संलग्न गर्नुपर्ने कागजातहरू

    १. हाल सञ्चालनमा रहेका शाखा कार्यालयसम्बन्धी विवरण । 

    २. कार्यालय सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधि । 

    ३. सम्भाव्यता अध्ययन प्रतिवेदन । 

    ४. नेटवर्थ र चुक्तापूँजी प्रमाणित हुने कागजात । 

    ५. शाखा कार्यालय खोल्नेसम्बन्धी सञ्चालक समितिको निर्णय । 

    शाखा कार्यालयका लागि तयार गर्नुपर्ने न्यूनतम पूर्वाधार

    १. शाखा कार्यालयको क्षेत्रफल प्रत्येकमा कम्तीमा ५०० वर्गफिट हुनुपर्ने । 

    २. शाखा कार्यालयमा कम्तीमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानून विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख र परिचान (कम्प्लाइन्स)अधिकृत तथा सूचना प्रविधिसहित कम्तीमा तीन जना कर्मचारी हुनुपर्ने । 

    ३. शाखा कार्यालयबाट हुने कारोबार मुख्य कार्यालयमार्फत हुने व्यवस्था गर्नुपर्ने । 

    ४. कम्तीमा दुई थान कम्प्युटर र त्यसका लागि पावर ब्याकअप भएको हुनुपर्ने । 

    ५. शाखा कार्यालयको कारोबार गर्ने कम्प्युटरमा कम्तीमा डेडिकेटेड इन्टरनेट कनेक्टिभिटीको प्रयोग भएको हुनुपर्ने । 

    ६. कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टाछुट्टै हुनुपर्ने । 

    ७. टेलिफोन, फ्याक्स, इमेल, इन्टरनेट तथा सीसीटीभी जस्ता पूर्वाधारको व्यवस्था भएको हुनुपर्ने । 

    ८. कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामग्रीहरूको यथोचित व्यवस्था भएको हुनुपर्ने । 

    साताको लोकप्रीय