कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ

अर्थ डबली
आइतवार, फाल्गुण ७ २०७९
अर्थ डबली
आइतवार, फाल्गुण ७ २०७९ (अर्काइभ बाट)
  • कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ

    काठमाडौँ / कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि गुरुङलाई नियुक्त गरेको हो । 

    images
    images

    सञ्चालक समिति बैठकले २२ आवेदकहरु मध्येबाट ५ जनालाई सर्टलिस्टिङ गर्दै अन्तत गुरुङलाई चयन गरेको हो । सर्टलिष्टमा कृषि विकास बैंककै निमित्त सीइओ प्रताप सुवेदी, बैंककै डिजिएम यज्ञ प्रकाश न्यौपाने, हाल राष्ट्रिय सहकारी बैंकका सिईओ रहेका बद्रीप्रसाद गुँरागाई, नेपाल एसबिआई बैंका डिसिइओ विष्णुदेव यादव थिए ।

    सीईओ पदका लागि २२ जनाको आवेदन परेको थियो । सर्टलिष्टमा परेकाहरुलाई शनिवार अन्तर्वार्ता लिइएको थियो । कृषि विकास बैंकका तत्कालीन सीईओ अनिल उपाध्यायको कार्यकाल सकिएपछि रिक्त रहेको सीईओ पदका लागि १ महिनाअघि दरखास्त आह्वान गरेको थियो ।

    गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए भने म्यानमारको म्यानमार सिटिजन्स बैंकमा पनि सीईओ भएका थिए । उनीसँग बाणिज्य बैंकहरुमा साढे २६ वर्ष काम गरेको अनुभव छ । गुरुङको आवेदन पर्ने वित्तीकै कृषि विकास बैंकको सिइओको बाजी गुरुङले नै मार्ने आकलन गरिएको थियो ।

    लमजुङको मर्स्याङ्दी ८ भंगेरीमा जन्मिएका गुरुङले नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए गरेका छन् । गुरुङले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । उनले नेपाली र विदेशी गरेर ६ फरक बैंकमा लगभग २७ वर्ष काम गरिसकेका छन् । सन् २०१२ को अक्टोबरमा डेपुटी सीइओका रुपमा सिभिल बैंक प्रवेश गरेका गुरुङ सन् २०१७ को मे महिनामा निमित्त सीइओ भएका थिए ।

    म्यानेजमेन्ट ट्रेनीको रुपमा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेका गुरुङले सो बैंकमा १० वर्ष ५ महिना काम गरेका थिए । म्यानेजर भएपछि हिमालयनबाट ग्लोबल आइएमई बैंक गएका उनेले त्यहाँ ३ वर्ष ५ महिना बिताए । उक्त बैंकमा उनी म्यानेजर तहबाट जागिर सुरु गरेर चिफ बिजनेस बैंकिङ तहसम्म रहेर काम गरेका थिए ।

    त्यसको केही महिनापछि उनलाई सञ्चालक समितिले सीइओमा नियुक्ति गरेको थियो । लगभग २७ वर्षअघि बैंकिङ करिअर शुरु गरेका गरुङसँग हिमालयन, ग्लोवल र मेगा बैंकमा काम गरेको अनुभव छ ।

    साताको लोकप्रीय