एलन मस्कले बन्द गराए दिल्ली र मुम्बईमा रहेका ट्वीटर कार्यालय, यस्तो छ कारण 

एलन मस्कले बन्द गराए दिल्ली र मुम्बईमा रहेका ट्वीटर कार्यालय, यस्तो छ कारण 

अर्थ डबली
आइतवार, फागुन ७ २०७९
अर्थ डबली
आइतवार, फागुन ७ २०७९ (अर्काइभ बाट)
  • एलन मस्कले बन्द गराए दिल्ली र मुम्बईमा रहेका ट्वीटर कार्यालय, यस्तो छ कारण 

    ट्वीटरका सिइओ एलोन मस्कले भारतमा रहेका आफ्ना तीन कार्यालयमध्ये दुई बन्द गरेको छ । 

    images
    images

    कम्पनीले दिल्ली र मुम्बईमा रहेका आफ्ना कार्यालय बन्द गरी त्यहाँ कार्यरत कर्मचारीलाई घरबाटै काम गर्न भनेको हो । यद्यपि बैंगलोरमा रहेको ट्वीटरको एउटा कार्यालय भने सञ्चालनमै रहनेछ ।

    गत वर्ष ट्वीटर कम्पनी खरीद गरेसँगै एलन मस्कले कर्मचारी कटौतीदेखि अन्य विभिन्न खालका निर्णयहरु गरिरहेका छन् । एलन मस्कले ट्वीटर खरिद गरिसकेपछि भारतमा कार्यरत ट्वीटरका ९० प्रतिशत कर्मचारी कामबाट निकालिसकेको थियो । 

    अन्ततः उनले दिल्ली र मुम्बईमा रहेका ट्वीटरका कार्यालय नै बन्द गर्ने निर्णय गरेका हुन् ।

    मस्कले ट्वीटरका अफिस बन्द गर्ने निर्णय गरेको भारत पहिलो देश होइन । यसअघि पनि विभिन्न मुलुकमा रहेका ट्वीटरका कार्यालयहरु बन्द भैसकेका छन् । भारतस्थित दुई कार्यालय बन्द गर्ने कार्य ट्वीटरको खर्च कटौतीकै कदमको रुपमा रहेको छ ।

    स्मरण रहोस् आर्थिक संकटका कारण ट्वीटरले सनफ्रान्सिस्को तथा लण्डनस्थित कार्यालयहरुको भाडा समेत तिर्न सकेको थिएन । जसका कारण कन्ट्रयाक्टरहरुले ट्वीटरमाथि मुद्दा हालेका थिए । ट्वीटर कम्पनी लामो समयदेखि घाटामा चलिरहेको छ ।

    साताको लोकप्रीय