महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालय र टोल सुधार समितिलाई सहयोग 

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालय र टोल सुधार समितिलाई सहयोग 

अर्थ डबली
सोमवार, फागुन ८ २०७९
अर्थ डबली
सोमवार, फागुन ८ २०७९ (अर्काइभ बाट)
  • महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालय र टोल सुधार समितिलाई सहयोग 

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडका विभिन्न शाखाहरूले विभिन्न विद्यालय र टोल सुधार समितिलाई सहयोग गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि अनवरत रूपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको सो बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्यक्रमहरू सम्पन्न गरेको हो । 

    images
    images

    बैंकको बसुन्धरा शाखाद्वारा तारकेश्वर नगरपालिका वडा नं ९ मा अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । 

    कक्षा एक देखि छ सम्मका विद्यार्थीहरूलाई अध्यापन गराईरहेको विद्यालयले कक्षा थप गर्न लागेको र विद्यार्थीहरुको संख्या पनि बढ्दै गएकाले विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग पु-याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो ।

    mblnews.JPG

    त्यसैगरी बैंकको बिजयपुर शाखाद्वारा पोखरा उपमहानगरपालिका वडा नं २६ मा अवस्थित कडेनी प्रगती टोल विकास संस्थालाई डस्टविन तथा कुर्सी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । बैंकले टोल वरपरको फोहोर संकलन तथा व्यवस्थापनको लागि डस्टविन र संस्थाको कार्यालय प्रयोजनार्थका लागि कुर्सी प्रदान गरेको बैंकले जनाएको छ । 

    आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने कुरा बैैंकले जनाएको छ ।

    साताको लोकप्रीय