लाभांश पारित गर्न सपोर्ट लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न सपोर्ट लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

अर्थ डबली
सोमवार, फागुन ८ २०७९
अर्थ डबली
सोमवार, फागुन ८ २०७९ (अर्काइभ बाट)
  • लाभांश पारित गर्न सपोर्ट लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौँ / सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।

    images
    images

    कम्पनीको फागुन ७ गतेको सञ्चालक समितिको बैठकले साधारण सभा चैत ४ गते गर्ने निर्णय गरेको हो । सभा दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा विहान ९ः३० बजेबाट सुरू हुने कम्पनीले जनाएको छ ।

    सभाले गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

    यस वर्ष कमपनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ८ करोड ५८ लाख रूपैँयाको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    उल्लेखित प्रस्तावसँगै सर्वसाधारण शेयरधनीहरूबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाले गर्नेछ । साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २१ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १८ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

    साताको लोकप्रीय