मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयर वितरण

मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयर वितरण

अर्थ डबली
बुधवार, फागुन १७ २०७९
अर्थ डबली
बुधवार, फागुन १७ २०७९ (अर्काइभ बाट)
  • मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयर वितरण

    काठमाडौँ / मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

    images
    images

    फागुन १५ गते धितोपत्र दोस्रो बजार (नेप्से) मा सूचीकृत भएको उक्त बोनस लघुवित्तले साधारण सभाका लागि तोकेको बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सम्बन्धित लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको हो ।

    कम्पनीले माघ ६ गते सम्पन्न दशौं वार्षिक साधारण सभामार्फत १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव पारित गरेको थियो । 

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस २२ गते बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा पुुस २१ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश पाएका हुन् ।

    कम्पनीले फागुन १५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको हो । 

    साताको लोकप्रीय