जनउत्थान सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?

अर्थ डबली
बिहिवार, चैत ९ २०७९
अर्थ डबली
बिहिवार, चैत ९ २०७९ (अर्काइभ बाट)
  • जनउत्थान सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?

    काठमाडौँ / जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।

    images
    images

    कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १० गते बुक क्लोज गरेसँगै आज चैत ९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

    कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २६ गते साधारण सभा बोलाएको छ ।

    सभा न्यू ईरा बुटवल उपमहानगरपालिका-९ कालिकापथ रुपन्देहीमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

    साताको लोकप्रीय