सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अस्तित्व नेपाल फाउन्डेसनलाई सहयोग

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अस्तित्व नेपाल फाउन्डेसनलाई सहयोग

अर्थ डबली
सोमवार, चैत १३ २०७९
अर्थ डबली
सोमवार, चैत १३ २०७९ (अर्काइभ बाट)
  • सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा  अस्तित्व नेपाल फाउन्डेसनलाई सहयोग

    काठमाडौँ / सिटी एक्सप्रेस मनी ट्रान्सफरले अस्तित्व नेपाल फाउन्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त सहयोग गरेको बताएको छ।

    images
    images

    यो एक गैर नाफामुखी संस्था जसले २०१८ देखि एसिड तथा अग्नीजन्य हिंसा बिरुद्ध काम गर्दै आइरहेको छ साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श, सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरू पनि चलाउदै आइरहेको छ। 

    उक्त संस्थाको सद्भावनादूत अभिनेत्री शिल्पा मास्के रहेकी छिन्।   

    सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। 

    आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।

    साताको लोकप्रीय