एकैदिन प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज खरिद–बिक्री ? 

एकैदिन प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज खरिद–बिक्री ? 

अर्थ डबली
शुक्रवार, चैत १७ २०७९
अर्थ डबली
शुक्रवार, चैत १७ २०७९ (अर्काइभ बाट)
  • एकैदिन प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज खरिद–बिक्री ? 

    काठमाडौँ / सुनको मूल्य फेरी उकालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

    images
    images

    अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको हो । 

    यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोम छ । 

    यस्तै, यता चाँदी भने अघिल्लो दिन मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  

    साताको लोकप्रीय