सगरमाथा जलविद्युतको आइपीओ आज बाँडफाँट हुँदै

सगरमाथा जलविद्युतको आइपीओ आज बाँडफाँट हुँदै

अर्थ डबली
शुक्रवार, चैत १७ २०७९
अर्थ डबली
शुक्रवार, चैत १७ २०७९ (अर्काइभ बाट)
  • सगरमाथा जलविद्युतको आइपीओ आज बाँडफाँट हुँदै

    काठमाडौं / सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज (चैत १७ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज (चैत १७ गते) दिउँसो ३.३० बजे आफ्नै कार्यालयंमा आइपीओ बाँडफाँट गर्ने तय गरिएको छ । 

    images
    images

    यता, सगरमाथाको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ४.४८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १४ लाख ३३ हजार ७७७ जनाले कुल १ करोड ६० लाख ७६ हजार ७४० कित्ताको लागि आवेदन दिएका छन् । 
     
    जसमा ३ लाख ५८ हजार १७६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १० लाख ७५ भन्दा धेरै जनाको भने हात खाली हुनेछ । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९% अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको थियो । यसमध्ये १०% (४ लाख ३६ हजार ८ सय कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । 
     
    यस्तै, कम्पनीले ५% अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३% (१ लाख ३१ हजार ४० कित्ता) सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको थियो  । बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । 
     
    क्रेडिट रेटिङ संस्था इक्रा नेपालले सगरमाथा जलविद्युतलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ । इक्रा नेपालले २०७९ असार १ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० जेठ ३० गतेसम्म बाहल रहनेछ । 

    साताको लोकप्रीय