नेप्सेमा २ कम्पनीको बोनस शेयरमा मूल्य समायोजन, समायोजनपश्चातको मूल्य कति ?

नेप्सेमा २ कम्पनीको बोनस शेयरमा मूल्य समायोजन, समायोजनपश्चातको मूल्य कति ?

अर्थ डबली
शुक्रवार, चैत १७ २०७९
अर्थ डबली
शुक्रवार, चैत १७ २०७९ (अर्काइभ बाट)
  • नेप्सेमा २ कम्पनीको बोनस शेयरमा मूल्य समायोजन, समायोजनपश्चातको मूल्य कति ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई लघुवित्तको बोनस शेयरमा मूल्य समायोजन भएको छ । 

    images
    images

    नेप्सेमा आज शुक्रबार जीवन विकास लघुवित्त वित्तीय संस्था र एनएमबि लघुवित्तको बोनस शेयरमा मूल्य समायोजन भएको हो । 

    जसमा जीवन विकासको १४.२८५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार मूल्य समायोजन पछिको भाउ १३ सय ७० रुपैयाँ २६ पैसा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य १५ सय ६६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
     
    त्यस्तै, एनएमबि लघुवित्तको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको भाउ ५ सय ९ रुपैयाँ ९ पैसा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ५ सय ६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।  यी कम्पनीको सेयर कारोबार आइतबार समायोजित भाउमा खुल्नेछ ।

    साताको लोकप्रीय