एलजीको ‘शुभकामना नयाँ वर्षको सम्बन्ध जीवनभरको’ नयाँ अभियान, ३५ प्रतिशतसम्म क्यासब्याक

एलजीको ‘शुभकामना नयाँ वर्षको सम्बन्ध जीवनभरको’ नयाँ अभियान, ३५ प्रतिशतसम्म क्यासब्याक

अर्थ डबली
शुक्रवार, चैत १७ २०७९
अर्थ डबली
शुक्रवार, चैत १७ २०७९ (अर्काइभ बाट)
  • एलजीको ‘शुभकामना नयाँ वर्षको सम्बन्ध जीवनभरको’ नयाँ अभियान, ३५ प्रतिशतसम्म क्यासब्याक

    काठमाडौँ / नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान 'शुभकामना नयाँ वर्षको सम्बन्ध जीवनभरको' जारी गरेको छ । यस अभियानले एलजीका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्रदान गरेको छ । 

    images
    images

    यस योजनाअन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म  क्यासब्याक र पक्का उपहारहरू प्रदान गरेको छ ।

    एलजी होम इन्टरटेन्मेन्ट अन्तर्गतको योजनामा विश्वकै उत्कृष्ट एलजी ओलेड टिभी, एलजी युएचडी टिभी, वाइरलेस स्पीकर, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरुले ३५ प्रतिशतसम्म क्याश ब्याक प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरुले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओभनवा एयर फ्रायर, एलजी डबल डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर वागिफ्ट सेट, एलजी डबल डोर (३६० लिटर सम्म) रेफ्रिजेरेटरको खरिदमा फ्यान, ह्यान्ड ब्लेन्डर वा कुकर, एलजी फ्रन्टलोड वाशिङ मेसिन (१० केजी र माथि) को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (९ केजी सम्म) को खरिदमा डिटरजेन्ट पाउडर प्राप्त गर्नेछन् । 

    त्यसैगरी एलजी टप लोड-टिव्न टब वाशिङ मेसिनको खरिदमा केटल वा नन स्टीकी फ्राइप्यान, एलजी डिस वासरको खरिदमा डिसवासर किट र एलजीएयर प्युरिफायरको खरिदमा एयर फ्रायर र एलजी माइक्रोवेभ ओभनको खरिदमा ग्राहकहरुले फ्री खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन् । 

    यस अफरमा एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् ।

    त्यस्तै एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले क्रमश रु ४००० र रु ५००० को निःशुल्क स्थापना सेवा पाउनेछन् । यो योजना नेपालभर २०७९ चैत्र १२ गते देखि सीमित अवधिको लागि लागु हुने कम्पनीले जनाएको छ ।

    साताको लोकप्रीय