सिटिजन्स बैंकका ग्राहकले जोली फेमिलि डेन्टलमा आकर्षक छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले जोली फेमिलि डेन्टलमा आकर्षक छुट पाउने

अर्थ डबली
सोमवार, चैत्र २० २०७९
अर्थ डबली
सोमवार, चैत्र २० २०७९ (अर्काइभ बाट)
  • सिटिजन्स बैंकका ग्राहकले जोली फेमिलि डेन्टलमा आकर्षक छुट पाउने

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटी, काठमाडौं स्थित जोली फेमिलि डेन्टल केयर प्रा.लि.बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

    images
    images

    उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जोली फेमिलि डेन्टल केयरमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले जनाएको छ ।


    हालसम्म बैंकले १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    साताको लोकप्रीय