अष्ट्रेलियाको ला–ट्रोब विश्वविद्यालयसँग नेपालका दुई कलेजले सहकार्य गर्ने

अष्ट्रेलियाको ला–ट्रोब विश्वविद्यालयसँग नेपालका दुई कलेजले सहकार्य गर्ने

अर्थ डबली
शुक्रवार, चैत्र २४ २०७९
अर्थ डबली
शुक्रवार, चैत्र २४ २०७९ (अर्काइभ बाट)
  • अष्ट्रेलियाको ला–ट्रोब विश्वविद्यालयसँग नेपालका दुई कलेजले सहकार्य गर्ने

    काठमाडौँ / नेपालको प्रतिष्ठित सफ्टेड ग्रुप अफ कम्पनीअन्तर्गत रहेका सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड इ–कमर्स र सनवे कलेजले अष्ट्रेलियाको ला–ट्रोब विश्वविद्यालयसँग साझेदारी हस्ताक्षर गरेको छ।

    images
    images

    यो सम्झौताबाट सफ्ट्वेरिका कलेज र सनवे कलेजमा बिएससी अध्ययन गर्ने विद्यार्थीहरू लाभान्वित हुने बताइएको छ। 

    उनीहरूले स्नातक पहिलो वर्ष अध्ययन गरेर दोस्रो वर्ष ला–ट्रोब विश्वविद्यालयको मेलबर्न क्याम्पसमा सम्बन्धित कार्यक्रममा सीधा स्थानान्तरण गर्न सक्नेछन्।

    यो महत्वपूर्ण सम्झौताले उल्लेखित दुई कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले अष्ट्रेलियाको उक्त कलेजमा अध्ययन गर्दा आर्थिक रुपमा पनि केही राहत पुग्नेछ। 

    विद्यार्थीलाई योग्यतामा आधारित छात्रवृत्तिहरू उपलब्ध गराउने प्रावधान पनि यस सम्झौतामा राखिएको छ। ला–ट्रोब विश्वविद्यालयको मेलबर्न क्याम्पसद्वारा विशेष कार्यक्रम आयोजना गरिएको थियो। 

    सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड इ–कमर्सका अध्यक्ष विज्ञान श्रेष्ठ तथा सनवे कलेजका निर्देशक प्रमोद पौडेल र ला–ट्रोब विश्वविद्यालयका प्रोफेसर प्रकाश विराराघवनले सम्झौता हस्ताक्षर गरेका हुन्।

    साताको लोकप्रीय