दरबारमार्गमा ‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे’ सडक महोत्सव हुँदै, ५० भन्दा बढी स्टल हुने

दरबारमार्गमा ‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे’ सडक महोत्सव हुँदै, ५० भन्दा बढी स्टल हुने

अर्थ डबली
शुक्रवार, चैत्र २४ २०७९
अर्थ डबली
शुक्रवार, चैत्र २४ २०७९ (अर्काइभ बाट)
  • दरबारमार्गमा ‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे’ सडक महोत्सव हुँदै, ५० भन्दा बढी स्टल हुने

    काठमाडौँ / नयाँ वर्ष २०८० का अवसरमा वैशाख २ गते ‘एन सेल प्रिजेन्टस् पर्पल स्याटर्डे १६ औं दरबारमार्ग’ सडक महोत्सव हुने भएको छ । एनसेलसँग नेपाल उद्योग वाणिज्य महासङ्घ दरबारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालको सहकार्यमा महोत्सव आयोजना गरिएको हो ।

    images
    images

    लघु, घरेलु, साना तथा मझौला उद्यम एवम् पर्यटन उद्योगको मनोबल उच्च राख्नका लागि यो महोत्सव आयोजना हुन लागेको आयोजक पक्षले जनाएको छ । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ ।

    काठमाडौँ महानगरपालिकाभित्रको सांस्कृतिक प्रवर्द्धन एवं संरक्षणमा समेत महोत्सव सहयोगी हुने अपेक्षा आयोजकको छ । काठमाडौँ उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतिका साथ महोत्सवको औपचारिक सुरुवात वैशाख २ गते शनिवार बिहान हुनेछ ।

    महोत्सवमा चर्चित गायक गायिका, कलाकार तथा साङ्गीतिक समूहहरूको प्रस्तुति हुनेछन् । कलाकारहरू दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेँलो बत्ती मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ–आफ्ना प्रस्तुति राख्नेछन् ।

    महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू र महिला उद्यमीसहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रदर्शनीमा रहनेछन् । विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विशेष प्रदर्शन/प्रस्तुतिका स्टलहरू, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षणहरू हुनेछन् ।

    यसैगरी महोत्सवमा अनलाइन गेमिङ प्रतियोगिता पनि हुनेछ । महोत्सवको संरक्षकमा काठमाडौँ महानगरपालिका, मुख्य प्रायोजनमा एन सेल, सह–प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडीज् आइसक्रिम र केएफसी रहेका छन् । 

    पछिल्लो पटक देखिएको तरलता सङ्कट लगायत विविध कारणले थालिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठुलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ ।

    साताको लोकप्रीय