ठेकेदारले दावी बढाउँदा दायित्व र लागत बढ्यो तर प्रगति हुन सकेनः अर्थमन्त्री डा. महत 

ठेकेदारले दावी बढाउँदा दायित्व र लागत बढ्यो तर प्रगति हुन सकेनः अर्थमन्त्री डा. महत 

अर्थ डबली
आइतवार, चैत २६ २०७९
अर्थ डबली
आइतवार, चैत २६ २०७९ (अर्काइभ बाट)
  • ठेकेदारले दावी बढाउँदा दायित्व र लागत बढ्यो तर प्रगति हुन सकेनः अर्थमन्त्री डा. महत 

    काठमाडौँ / अर्थमन्त्री डा. प्रकाश शरण महतले खर्च गर्ने क्षमतामा ह्रास आइरहेको बताएका छन् । आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले क्लियरेन्स नभइ ठेक्का प्रक्रिया अगाडि बढाउदा ठेकेदारले दावी बढाउदा दायित्व र लागत बढेको बताएका हुन् । यद्यपि आयोजनाहरूको प्रगति अपेक्षित रूपमा हुन नसकेको उनले बताए । 

    images
    images

    मन्त्री डा. महतले भने, “धेरै संरचनागत कुराहरूको आवश्यकता छ । बजेट ल्याउनको लागि मसँग छोटो समय छ । राज्य संरचनाको विभिन्न निकायको सहयोगमा सकेको गर्नेछु ।  समयको दबाव भए पनि उच्च तहको समर्पण, क्षमता र योग्यताको उपयोग र कर्तव्यनिष्ठता र देश र जनताभन्दा ठुलो केही छैन । पार्टी पनि छैन । हामी व्यक्ति त केही पनि हैन भन्ने भावनाका साथ काम गर्नेछु ।” 

    विज्ञहरू र सबै निकायसँग सल्लाह गरेर सबैको राम्रा सुझावलाई मध्येनजर गरेर अर्थतन्त्रमा देखिएको इन्इफिसेन्सीलाई घटाउने बजेट ल्याउने उनले बताए । 

    उत्पादनशील क्षेत्रमा आयोजना राख्ने प्रभावकारी बजेट ल्याउने बताउँदै उनले आवश्यकताका आधारमा फन्डिङ सुनिश्चित गरी काम सम्पन्न गर्ने गरी योजनाहरू बनाउने दावी गरे । 

    उनले भने, “स्रोतका अभाव नहोस् । ऋणको दायित्व बढ्दैछ । भूकम्पको समयमा लिएको सहयोग एक÷दुई बर्षमा फिर्ता गर्नुपर्छ । वैदेशिक सहयोगमा सकेसम्म भर नपर्ने गरी काम गर्नुपर्छ । वैदेशिक सहयोगलाई उपयोगी बनाउने र रिर्टन दिन सक्नेगरी प्राथमिकता निर्धारण गर्ने उनले बताए । 

    साताको लोकप्रीय