सन नेपाल लाइफ इन्स्योरेन्सको ५ औँ र ६ औँ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सको ५ औँ र ६ औँ बार्षिक सााधारण सभा सम्पन्न

अर्थ डबली
बुधवार, चैत २९ २०७९
अर्थ डबली
बुधवार, चैत २९ २०७९ (अर्काइभ बाट)
  • सन नेपाल लाइफ इन्स्योरेन्सको ५ औँ र ६ औँ बार्षिक सााधारण सभा सम्पन्न

    काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ र छैठौं बार्षिक सााधारण सभा आज बुधबार, याक एण्ड यती होटल, दरबारमार्ग, काठमाडौँमा सम्पन्न भएको छ । 

    images
    images

    संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७७/०७८ र २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/०७८ र २०७८/०७९  को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदनहरु पारित गरिएको छ ।  
     
    उक्त साधारण सभाबाट आर्थिक बर्ष २०७९/८० को लागि लेखापरीक्षक श्री के.पि.आर. एशोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रवन्ध पत्र तथा नियमावली संसोधन प्रस्ताव समेत पारित भएको छ । 

    उक्त साधारण सभामा संचालक नीतु क्यालको स्वागत मन्तव्य, संचालक नारायण रुगटाबाट शुभकामना मन्तब्य र संचालक सदस्य श्री किरण के.सि.ज्यूबाट धन्यवाद ज्ञापन गरेका छिए । उक्त साधारण सभा कम्पनी सचिव श्री विवेक खरेलले संचालन गरेका थिए । 

    साताको लोकप्रीय