नेपालको पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री डा. महत

नेपालको पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री डा. महत

अर्थ डबली
बिहिवार, चैत ३० २०७९
अर्थ डबली
बिहिवार, चैत ३० २०७९ (अर्काइभ बाट)
  • नेपालको पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री डा. महत

    काठमाडौँ / अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ ।

    images
    images

    टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी)को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको थियो । आगामी जुन महिनामा नेपालमा डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ ।

    विश्व भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी छ, यसलाई अझ कसरी वृद्धि र प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।

    विशेष गरी पूर्वाधार विकासमा विश्व बैंकको सहयोगलाई नेपालमा अझ बढी कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रस्ताव अर्थमन्त्री डा. महतले राखेका थिए । विश्व बैंकले नेतृत्व गरिरहेको माथिल्लो अरुणमा थप लगानीकर्ता पनि विश्व बैंकले नै खोज्ने भएकाले यस विषयमा छलफल भएको थियो ।

    माथिल्लो अरुण आयोजना सम्पन्न गर्ने विषयमा छलफल हुनुका साथै अन्य पूर्वाधार विकासमा पनि विश्व बैंकको सहयोग के कस्तो रहन्छ भन्ने विषयमा मन्त्री डा. महतले चासो राखेका थिए । मन्त्री डा. महतको चासोमा क्षेत्रीय उपाध्यक्ष रेजरबाट सकारात्मक जवाफ आएको सचिवालयले जनाएको छ ।

    साताको लोकप्रीय