उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष बने अञ्जन श्रेष्ठ, उमेशले गरे समर्थन 

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष बने अञ्जन श्रेष्ठ, उमेशले गरे समर्थन 

अर्थ डबली
बिहिवार, चैत ३० २०७९
अर्थ डबली
बिहिवार, चैत ३० २०७९ (अर्काइभ बाट)
  • उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष बने अञ्जन श्रेष्ठ, उमेशले गरे समर्थन 

    काठमाडौँ / उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ बनेका छन् । उनका प्रत्यासी उमेशलाल श्रेष्ठले समर्थन गरेसँगै उनी बरिष्ठ उपाध्यक्ष पदमा निर्विरोध भएका हुन् । 

    images
    images

    चन्द्र ढकालले सर्वसम्मतका गरेको पहलमा अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा उमेशले समर्थन गर्ने सहमति जनाएपछि अञ्जन निर्विरोध निर्वाचित भएका हुन् । । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन र उमेशबिच निर्वाचन हुने पक्का भएको थियो ।

    सहमतिका लागि पहल गर्ने भएपछि २ बजेका लागि निर्धारित चुनाव पछि सारिएको थियो । पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत, उमेशले ३१.७१ प्रतिशत र  रामचन्द्र संघाइले ३०।४६ प्रतिशत मत पाएका थिए । कम मत प्राप्त गरेका संघाइ भने दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

    महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ । त्यसैगरी महासङ्घको उपाध्यक्षमा हेमराज ढकाल, सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ विजयी भएका छन् । 

    महासङ्घको यो चुनावमा उद्योगी व्यवसायी अन्जान श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई तीन समूहमा बाँडिएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

    वस्तुगतमा ढकाल विजयी 

    वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उमेशलाल समूहबाट चुनाव लडेका उनी ६१ मतसहित निर्वाचित बनेका हुन् । 

    ढकाल पूर्व अध्यक्ष चण्डीराज ढकालका भाइ समेत हुन् । कुल खसेको १२३ मतमध्ये ढकालले ६१ मत पाएका थिए । 

    यस्तै अञ्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५३ मत पाएका थिए भने रामचन्द्र संघई समूहका सकुन्तलाल हिराचनले ७ मत पाएका थिए । 

    जिल्लानगरमा वैद्य 

    जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य ४३ मतसहित विजयी भएका छन् । रामचन्द्र संघाई समूहबाट चुनाव लडेका वैद्यका निकटतम प्रतिस्पर्धी अरुण सुमार्गीले ३७ मत पाएका थिए । जिल्ला नगरतर्फ सबैभन्दा बलिया भनिएका दिनेश श्रेष्ठले जम्मा ३४ मत पाएका थिए ।  कुल ११७ मत रहेको यो समूहमा ३ जना चुनावी मैदानमा उत्रिएका थिए । 

    एसोसिएटमा श्रेष्ठ 

    ज्योत्सना श्रेष्ठ एसोसिएटतर्फको उपाध्यक्ष भएकी छन् । उनका प्रतिस्पर्धी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको प्यानलका भरत आचार्यले ७८१ मत प्राप्त गरे पनि संघई समूहकी उनले कुल कसेको १६४९ मतमा ८४६ मत ल्याएर जित निकालेकी हुन् । 


    जिल्लानगर र वस्तुगतमा कुल १८ जना सदस्य निर्वाचित हुनेमा उमेशलाल प्यानलको १० जनाले विजयी हासिल गरेका हुन् ।

    जिल्ला नगरतर्फ अञ्जन श्रेष्ठ समूहबाट भने ७ जना व्यवसायी कार्यसमितिमा निर्वाचित भएका छन् । उमेशलालको टिमबाट जिल्ला नगरमा निरक केसी, प्रयास कार्की, अब्दुल वाहिद मन्सुरी, कल्पना गैरे, किशोरकुमार आचार्य, गोकुल श्रेष्ठ, मन्जुकुमार श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, ताराबहादुर कार्की, उमेश डालमिया र केशवप्रसाद भण्डारी निर्वाचित भएका छन् ।  

    अञ्जनको समूहबाट नवीन रिजाल, उज्वलप्रसाद कसजु, अमरेशचन्द्र बैदार, पुष्पराज कुँवर, अनिलकृष्ण श्रेष्ठ, कृष्ण कटुवाल र बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।  
    ८ जना कार्यसमिति सदस्य उमेशलाल श्रेष्ठको निर्वाचित भएका छन् भने अञ्जन श्रेष्ठको पनि ६ जना सदस्य नै निर्वाचित भएका छन् ।  

    बस्तुगत सदस्यमा उमेशलाल प्यानलबाट कमला श्रेष्ठ, डा सुबोध कुमार गुप्ता, नानीराज घिमिरे, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान र हरिबहादुर कार्की विजयी भएका छन् ।  

    अञ्जनको टिमबाट भने अरनिको राजभण्डारी, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की, शिवप्रसाद घिमिरे र शोभा ज्ञवाली विजयी भएका छन् ।

    साताको लोकप्रीय