बैङ्किङ क्षेत्रको जागिर चुनौतीपूर्ण, क्षमतावान् विद्यार्थीलाई कुनै पनि क्षेत्रमा गाह्रो छैन : पूर्वगभर्नर नेपाल

बैङ्किङ क्षेत्रको जागिर चुनौतीपूर्ण, क्षमतावान् विद्यार्थीलाई कुनै पनि क्षेत्रमा गाह्रो छैन : पूर्वगभर्नर नेपाल

अर्थ डबली
शनिवार, बैशाख २ २०८०
अर्थ डबली
शनिवार, बैशाख २ २०८० (अर्काइभ बाट)
  • बैङ्किङ क्षेत्रको जागिर चुनौतीपूर्ण, क्षमतावान् विद्यार्थीलाई कुनै पनि क्षेत्रमा गाह्रो छैन : पूर्वगभर्नर नेपाल

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले व्यवस्थापन विषयको अध्ययन र बैङ्क तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।  राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वगभर्नर नेपालले बैङ्किङ क्षेत्रमा डिजिटलाइजेसनको प्रभावले चुनौती थपिएको उल्लेख गरे । 

    images
    images

    उडान शैक्षिक केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले क्रिप्टोकरेन्सी (डिजिटल करेन्सी)को प्रभाव बढेकाले यो क्षेत्रमा चुनौती थपिँदै गएको बताए।

    “बैङ्किङ क्षेत्रको जागिर संसारमा सबैभन्दा चूनौतीपूर्ण बनेको छ”, उनले भने, “बङ्गलादेशको बैङ्कबाट फ्लटहरूले डिजिटलको माध्यमबाट पैसा निकाल्ने  घटना होस् वा अन्य किसिमका गतिविधि किन नहुन्, चूनौतीपूर्ण बनिरहेको छ ।”

    उनले कुनै पनि क्षेत्रमा व्यावसायिक सफलताका लागि अध्ययन र व्यावसायिक योजना जरुरी रहेको खाँचो औँल्याए । आफ्नो क्षमता आफैले उजागर गर्नसके विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन कठिनाइ नहुने उनको भनाइ छ । 

    उनले भने, “क्षमतावान् विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो छैन । तर, त्यसका लागि कोही पनि सबै कुरामा जान्ने हुँदैनन् भन्ने मान्यतालाई आत्मसात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्छ ।”

    साताको लोकप्रीय