एनआईसी एशिया बैंकले धितोमा रहेको घर जग्गासहित सवारी साधन बेच्दै

एनआईसी एशिया बैंकले धितोमा रहेको घर जग्गासहित सवारी साधन बेच्दै

अर्थ डबली
आइतवार, बैशाख ३ २०८०
अर्थ डबली
आइतवार, बैशाख ३ २०८० (अर्काइभ बाट)
  • एनआईसी एशिया बैंकले धितोमा रहेको घर जग्गासहित सवारी साधन बेच्दै

    काठमाडौँ / एनआईसी एशिया बैंकले  धितोमा राखिएको घरजग्गा र सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ ।
    बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।

    images
    images

    बैंकको विभिन्न शाखाबाट ऋण कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न ताकेता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने जनाएको छ । 

    बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

    बैंकले ऋणी हेटौडास्थित शिवशक्ति स्टोर्सका प्रोप्राइटर तथा जमानीकर्ता आदित्य ना. कुशवाहाको नाममा दर्ता कायम रहेको घरजग्गा बिक्री गर्ने भएको हो । हेटौडा उपमहानगरपालिका ५ स्थित कित्ता नम्बर ४६५६, ४६४८ र ४६५२ को क्रमशः ०–०–१४–०, ०–१–६.५–० र ०–०–३.५–० बिघा घरजग्गा र शिवशक्ति स्टोर्सको स्वामित्वमा रहेका मालसामान बिक्री गर्नेछ ।

    यस्तै, भक्तपुर नगरपालिका ४ स्थित गोरखनाथ सुनचाँदी ज्वेलर्स ट्रेडर्सका प्रोप्राइटर कान्छा लगुनको नाममा रहेको कोभ्रेको पनौति ८ मा रहेको कित्ता नम्बर ६६२ र ७४२ को क्रमशः ५४०.५३ र १२७.१६ रोपनी क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने भएको हो । साथै, गोरखनाथ सुनचाँदी ज्वेलर्स ट्रेडर्सको स्वामित्वमा रहेका मालसामान पनि बिक्री गर्नेछ ।

    यस्तै, रुपन्देशीको बिन्दास ग्रुपका सञ्चालक तिलक प्रसाद भुसाल तथा जमानीकर्ता यज्ञप्रसाद भुसालको नाममा दर्ता कायम रहेको कित्ता नम्बर ३६२ र १४९२ को क्रमशः १३०३.७० र १०१.५८ वर्गमिटर क्षेत्रफल भएको घरजग्गा बिक्री गर्नेछ ।

    यस्तै, साविक चन्दननाथ गा.वि.स.६ स्थित न्यू कनकासुन्दरी होटल एण्ड रेष्टुरेण्टका सञ्चालक काली बहादुर बुढाकी पत्नि दुधकला बुढाको नाममा रहेको कित्ता नम्बर ४४७ को ७८.५० वर्गमिटर क्षेत्रफल भएको घरजग्गा लिलामीमा बिक्री गर्नेछ ।

    यस्तै, नवलपरासी देवचुली नगरपालिका १३ का सन्तोष पौडेलको बा १५ च ९२५० नम्बरको डटसन रेडि मोडलको सवारी साधन बिक्री गर्ने बैंकले जनाएको छ ।

    साताको लोकप्रीय