भन्सार छलीका सामग्रीबाट चार करोड ६५ लाख राजस्व सङ्कलन, काठ तस्करी नियन्त्रणबाट ६ लाख १६ हजार

भन्सार छलीका सामग्रीबाट चार करोड ६५ लाख राजस्व सङ्कलन, काठ तस्करी नियन्त्रणबाट ६ लाख १६ हजार

अर्थ डबली
सोमवार, बैशाख ४ २०८०
अर्थ डबली
सोमवार, बैशाख ४ २०८० (अर्काइभ बाट)
  • भन्सार छलीका सामग्रीबाट चार करोड ६५ लाख राजस्व सङ्कलन, काठ तस्करी नियन्त्रणबाट ६ लाख १६ हजार

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा प्रहरीले भन्सार छलीका सामग्रीबाट रु चार करोड ६५ लाख ८५ हजार आठ सय ४० राजश्व सङ्कलन गरेको छ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ३८ पटक विभिन्न प्रकारका भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ । 

    बरामद सामग्रीलाई भन्सार चलान गरी उक्त राजस्व सङ्कलन गरिएको उनले बताए। जिल्ला प्रहरी कार्यालयले भन्सार छलीसहित विभिन्न प्रकृतिका कारबाहीबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कूल रु सात करोड २० लाख ७० हजार आठ सय ९० राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए । 

     उनका अनुसार भन्सार छलीपछि सबैभन्दा धेरै राजस्व ट्राफिक नियम उल्लङ्घन गरेका सवारीको कारबाहीबाट राजस्व सङ्कलन भएको छ । जसअनुसार सो अवधिमा २३ हजार दुई सय ५० वटा सवारी कारबाहीबाट रु एक करोड ७९ लाख ४० हजार पाँच सय राजस्व सङ्कलन गरिएको छ । 

    कसुरजन्य सम्पत्ति लिलाम बिक्रीबाट रु ४१ लख ४३ हजार तीन सय ३२, प्राकृतिक स्रोतको चोरी नियन्त्रणबाट रु २५ लाख आठ हजार सात सय आठ, काठ तस्करी नियन्त्रणबाट रु ६ लाख १६ हजार ७५ राजस्व सङ्कलन गरिएको छ । 

     प्रहरीले चालु आर्थिक वर्षमा ५६ जनालाई जुवा तास खेल्दै गर्दा नियन्त्रणमा लिएको छ । जसबाट रु दुई लाख ७६ हजार चार सय ३५ राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले बतााए । 

     

    साताको लोकप्रीय