नयाँ वर्ष सुरू भएसंगै पोखराको फेवाताल बढ्यो पर्यटकको चहलपहल, पर्यटन व्यवसायी उत्साहित 

नयाँ वर्ष सुरू भएसंगै पोखराको फेवाताल बढ्यो पर्यटकको चहलपहल, पर्यटन व्यवसायी उत्साहित 

अर्थ डबली
सोमवार, बैशाख ४ २०८०
अर्थ डबली
सोमवार, बैशाख ४ २०८० (अर्काइभ बाट)
  • नयाँ वर्ष सुरू भएसंगै पोखराको फेवाताल बढ्यो पर्यटकको चहलपहल, पर्यटन व्यवसायी उत्साहित 

    कास्की / देशकै पर्यटकीय गन्तव्य पोखरामा नेपाली नयाँवर्षमा आन्तरिक तथा विदेशी पर्यटक बढेका छन् । नयाँवर्ष मनाउन आएका आन्तरिक पर्यटकहरुले पोखरामा चहलपहल बढाएको छ । 

    images
    images

    आन्तरिक सहित भारतीय पर्यटक समेत उल्लेख्य बढेका छन् । फेवाताल, विन्दवासिनी मन्दिर, पातले छाँगो, बेगनासताल लगायतका यहाँका पर्यटकीय स्थलमा पर्यटकको बाक्लो उपस्थिति छ । 

    पर्यटक बढेसँगै पर्यटकीयस्थल फेवातालमा डुङ्गा चढ्नेहरुको घुँइचो लागेको छ । नयाँवर्षमा तालमा डुँगा चढेर तालबाराही मन्दिरको दर्शन गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु वृद्धि भएको डुँगा व्यवसायीको भनाई छ । पोखरामा भारतीय पर्यटकहरु समेत बढेका छन् । भारतमा यति बेला चर्को गर्मी भएका कारण समेत भारतीय पर्यटक बढेको बताइन्छ ।

    तेस्रो मुलुकका पर्यटक समेत बढेका छन् । गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनापछि यहाँको पर्यटन प्रभावित बनेको थियो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै पर्यटन व्यवसायी समेत उत्साहित बनेका छन् ।

    साताको लोकप्रीय