स्थानीय र पश्चिमी वायुको प्रभावः यी भूभागमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना 

स्थानीय र पश्चिमी वायुको प्रभावः यी भूभागमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना 

अर्थ डबली
मंगलवार, बैशाख ५ २०८०
अर्थ डबली
मंगलवार, बैशाख ५ २०८० (अर्काइभ बाट)
  • स्थानीय र पश्चिमी वायुको प्रभावः यी भूभागमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना 

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकि भूभागहरूको मौसम समान्यतया सफा रहेको छ।

    images
    images

    आज मङ्गलबार देशका पहाडी भूभाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ । 

    त्यसैगरी तराईका थोरै स्थानहरूमा हावाहुरी र उपत्यकालगायत देशका धेरै भूभागहरूमा तुवाँलो लाग्ने मौसमविद्ले जनाएको छ । 

    बुधबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भूभाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावाहुरी र उपत्यकालगायत देशका केही भूभागहरूमा तुवाँलोको सम्भावना रहेको छ ।

    बिहीबार देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै  स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

    गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू र बाँकी पहाडी भुभागका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षा रहेको तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ । 

    साथै नेपालमा वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनाहरू बढेको कारणले उपत्यकालगायत देशका धेरै भूभागहरूमा तुवाँलोको सम्भावना रहेको छ र यसबाट वायु प्रदुषणमा वृद्धि भइरहेको छ । मेघगर्जन र चट्याङ्ग, हावाहुरी, डढेलो र प्रदुषणबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    साताको लोकप्रीय