ईडीएफको सीम्याट/कुम्याट कक्षा सुरु हुँदै

ईडीएफको सीम्याट/कुम्याट कक्षा सुरु हुँदै

अर्थ डबली
बुधवार, बैशाख २० २०८०
अर्थ डबली
बुधवार, बैशाख २० २०८० (अर्काइभ बाट)
  • ईडीएफको सीम्याट/कुम्याट कक्षा सुरु हुँदै

    काठमाडौँ / ईडीएफ लर्निङले यही २५ मेदेखि सीम्याट/कुम्याटको तयारी कक्षा  सञ्चालन गर्ने घोषणा गरेको छ ।  ईडीएफ लर्निङ ईडीएफ इडमिसनको प्रसिद्ध शिक्षा संस्थान हो । जसको वैदेशिक शिक्षामा १४ वर्ष भन्दा धेरै समयको अनुभव रहेको छ । 

    images
    images

    तयारी कक्षाबाट नेपाली विद्यार्थीहरूलाई म्यानेजमेन्ट क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न आवश्यक प्रशिक्षण प्रदान गरेर सम्बन्धित कलेजहरूमा भर्ना सफल गर्ने अवसर प्रदान गराउने संस्थाको भनाइ छ । ईडीएफले सीम्याट/कुम्याट प्रवेश परीक्षाको आवश्यकताहरू पूरा गर्न आधारभूत पाठ्यक्रम अनुसरण गर्दै रोचक र अन्तरक्रियात्मक सत्रहरू पनि सञ्चालन गर्ने जनाएको छ ।

    तयारी कक्षाहरूले विद्यार्थीलाई म्यानेजमेन्टका प्रमुख अवधारणाहरूमा मजबुत आधार प्रदान गर्ने र उनीहरूको विश्लेषणात्मक तथा समस्या हल गर्न क्षमता विकास गर्ने लक्ष्यमा सघाउने छ । ईडीएफले  प्रवेश परीक्षाको आवश्यकताहरू पूरा गर्न निर्धारित पाठ्यक्रम अनुसरण गर्दै यसलाई विविध सक्रिय सत्रहरूमा प्रस्तुत गर्ने गर्छ ।

    ईडीएफले शिक्षामा समावेशी र व्यापक शिक्षा वातावरण प्रदानमा विश्वास गर्ने गरेको छ । जसमा प्रभावी शिक्षण प्रविधिमार्फत विद्यार्थीमा उत्साह भर्ने लक्ष्य राखेको छ। उसो त ईडीएफले सफलतापूर्वक ५००० भन्दा बढी विद्यार्थीहरूलाई वैदेशिक अध्ययनको अवसर समेत प्रदान गरिसकेको छ ।

    ईडीएफले जम्बोरी एजुकेसन इन्डियासँग संयुक्त रूपमा जीम्याट, स्याट, GRE, आईएटीएस र टोफेल चलाउँदै आएको छ।

    साताको लोकप्रीय