सुनको मूल्यमा प्रतितोला ८ सय रुपैयाँको गिरावट, कतिमा कारोबार हुँदैछ आज ? 

सुनको मूल्यमा प्रतितोला ८ सय रुपैयाँको गिरावट, कतिमा कारोबार हुँदैछ आज ? 

अर्थ डबली
शुक्रवार, बैशाख २९ २०८०
अर्थ डबली
शुक्रवार, बैशाख २९ २०८० (अर्काइभ बाट)
  • सुनको मूल्यमा प्रतितोला ८ सय रुपैयाँको गिरावट, कतिमा कारोबार हुँदैछ आज ? 

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा गिरावट आएको हो ।

    images
    images

    बिहीबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई शुक्रबार १ लाख १० हजार ८ सय रुपैयाँ पर्नेछ । यसैगरी १ लाख ११ हजार ५० रुपयाँ तोकिएको तेजावी सुनलाई आज १ लाख १० हजार २५० रुपैयाँ तोकिएको छ ।

    यता, चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार हुँदै आएकोमा आज घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार हुने भएको हो । 

    साताको लोकप्रीय