सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढ्यो, कति पुग्यो ? 

सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढ्यो, कति पुग्यो ? 

अर्थ डबली
सोमवार, जेठ १ २०८०
अर्थ डबली
सोमवार, जेठ १ २०८० (अर्काइभ बाट)
  • सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढ्यो, कति पुग्यो ? 

    काठमाडौँ / सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो ।

    images
    images

    आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख ११ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, यसअघि प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँ रहेको तेजावी सुनलाई आज आज १ लाख १० हजार ४ सय ५० रुपैयाँ पर्नेछ । 

    यता, चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । यसअघि पनि चाँदी सोही मूल्यमा कारोबार हुँदै आएको थियो । 

    साताको लोकप्रीय