९ महिनामा प्राइम लाइफ इन्स्योरेन्सको नाफा २१ करोड, अन्य सुचक कस्तो ?

९ महिनामा प्राइम लाइफ इन्स्योरेन्सको नाफा २१ करोड, अन्य सुचक कस्तो ?

अर्थ डबली
सोमवार, जेठ १ २०८०
अर्थ डबली
सोमवार, जेठ १ २०८० (अर्काइभ बाट)
  • ९ महिनामा प्राइम लाइफ इन्स्योरेन्सको नाफा २१ करोड, अन्य सुचक कस्तो ?

    काठमाडौँ / प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    images
    images
    images

    इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले २१ करोड खुद नाफा आजृन गर्न सफल भएको छ । जुन गत आथिृक बर्षको सोहि अवधिको तुलनामा १०.८० प्रतिशतले वृद्धि भएको हो ।  गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा १८ करोड ९५ लाख थियो । 

    यस्तै, नाफा बढेको भए पनि कम्पनीको खुद बीमा शुल्क आर्जन भने घटेको छ । ९ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ५.४२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४९ करोड खुद बीमा शुल्क आर्जन गरेको यस कम्पनीले यस बर्ष ३ अर्ब ३० करोड खुद बीमा शुल्क आर्जन गरेको छ । 

    ३ अर्ब १४ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ४६ करोड ३८ लाख रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम  ८.२४ प्रतिशतले घटेको छ । जीवन बीमा कोष २२ दशमलव १५ प्रतिशतले वृद्धि हुँदै २१ अर्ब ५३ करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड थियो ।

    कम्पनीको खुद दावी भुक्तानी १ दशमलव ८३ प्रतिशतले वृद्धि हुँदै  ९४ करोड ६७ लाख पुगेको छ । प्रकाशित रिपोर्ट अनुसार कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ९२ पैसा र प्रति शेयर नेट्वर्थ १२१ रुपैयाँ ५९ पैसा छ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफले मर्जर प्रक्रिया सम्पन्न गरेर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका छन्।

    साताको लोकप्रीय