आजदेखि घट्यो डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर कति पर्ला ? 

आजदेखि घट्यो डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर कति पर्ला ? 

अर्थ डबली
बुधवार, जेठ ३ २०८०
अर्थ डबली
बुधवार, जेठ ३ २०८० (अर्काइभ बाट)
  • आजदेखि घट्यो डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर कति पर्ला ? 

    काठमाडौँ / आजदेखि डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले मङ्गलबार मध्यराति देखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको हो ।

    images
    images

    सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेसँगै अब डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रुपैयाँ कायम भएको छ । यसअघि १६५ रुपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।

    निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।  म‌ङ्गलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । 

    भारतीय आयल कर्पोरेसन (आईओसी)ले मङ्गलबार पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो । सोही अनुसार निगमले मङ्गलबार नै डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । 

    साताको लोकप्रीय