कुमारी बैंकको संस्थापक शेयर लिलामीमा विक्री खुला,  न्यूनतम मूल्य कति ? 

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा विक्री खुला,  न्यूनतम मूल्य कति ? 

अर्थ डबली
सोमवार, जेठ ८ २०८०
अर्थ डबली
सोमवार, जेठ ८ २०८० (अर्काइभ बाट)
  • कुमारी बैंकको संस्थापक शेयर लिलामीमा विक्री खुला,  न्यूनतम मूल्य कति ? 

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले ३ लाख १६ हजार १४० बढी कित्ता संस्थापक शेयर जेठ ८ गते अर्थात आज देखि विक्री खुला गरेको हो ।

    images
    images

    यस लिलामी शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

    संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र अर्थात असार १० गते सम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यसका लागि संस्थापक शेयरधनीहरुले काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटल मार्केटमा आफूले लिन चाहेको शेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेस गर्नुपर्नेछ ।

    साताको लोकप्रीय