आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे श्रेष्ठ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे श्रेष्ठ

अर्थ डबली
मंगलवार, जेठ ९ २०८०
अर्थ डबली
मंगलवार, जेठ ९ २०८० (अर्काइभ बाट)
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे श्रेष्ठ

    काठमाडौँ /आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । 

    images
    images

    उनको नियुक्तिसंगै कम्पनीको जेठ ९ गते बसेको बैठकले कम्पनीका अध्यक्ष हेमराज ढकालद्वारा उनले शपथ ग्रहण गरेका हुन् । कम्पनीको बैशाख २७ गते बसेको संचालक समितिको बैठकले युगेशभक्त बादे श्रेष्ठलाई सीईओ नियुक्ति गर्नका लागि काम्पनीले पठाएको फाइल नेपाल बिमा प्राधिकरणले जेठ ५ गते स्वीकृति गरेको थियो । 

    शपथ ग्रहणसंगै कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई अध्यक्ष हेमराज ढकालले सफल कार्यकालको शुभकामना व्यक्त गरे । 

    बैशाख २७ गते एकिकृत कारोबार शुभारम्भ गरेको आइजीआई प्रुडेन्सिल साविक आइएमइ जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको स्बीमा कम्पनी हो।

    साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् ।

    आइजिआईका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र प्रुडेन्सियलका नायव प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना आइजीआई प्रुडेन्सियलमा पनि नायव प्रमुख कार्यकारी अधिकृत नै भएका छन् । यो निर्जीवन बीमा क्षेत्रको ५ औ सफल मर्जर हो ।

    साताको लोकप्रीय