एसेम्बलिङ उद्योगलाई दिएको छुट कटौती नगर्न नाडाको आग्रह

एसेम्बलिङ उद्योगलाई दिएको छुट कटौती नगर्न नाडाको आग्रह

अर्थ डबली
मंगलवार, जेठ ९ २०८०
अर्थ डबली
मंगलवार, जेठ ९ २०८० (अर्काइभ बाट)
  • एसेम्बलिङ उद्योगलाई दिएको छुट कटौती नगर्न नाडाको आग्रह

    काठमाडौँ / नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बजेटमार्फत एसेम्बलिङ उद्योगलाई दिएको छुट सुविधा कटौती हुनेमा संसय व्यक्त गरेको छ ।

    images
    images

    आफूहरुको लामो समयको मागपछि सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बलिङ उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको तर आगामी आर्थिक वर्षको बजेटमाफर्त यस्तो सविधा कटौती गर्न लागिएको सुनेको नाडाको भनाइ छ  । 

    मंगलबार विज्ञप्ति जारी गर्दै नाडाले सवारी साधन एसेम्बलिङ उद्योगहरुलाई दिइँदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौती गर्न लागेको भन्ने विषयमा मुख्य सरोकारवाला संस्था नाडाको विशेष ध्यान आकृष्ट भएको जनाएको छ । 

    सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयम्मा धेरै पुँजी तथा लगानी चाहिने उद्योग हो । नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधारण वर्गले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्ने मात्र नभई नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने नाडाको भनाइ छ । एसेम्बलिङ उद्योगहरुले औद्योगिकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पु¥याई रहेको समेत नाडाले जनाएको छ । 

    हाल नेपालमा ४ वटा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बलउद्योगहरुले आफ्नो उत्पादन गरिरहेको भने अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेका छन् । थपकेही अरु यस्ता नयाँ एसेम्बलिङउद्योगहरु समेत खुल्ने तयारीमा रहेका छन् । 

    साताको लोकप्रीय