सूर्यमुखी खेती र यसका उन्नत प्रविधिहरू

सूर्यमुखी खेती र यसका उन्नत प्रविधिहरू

अर्थ डबली
बिहिवार, जेठ ११ २०८०
अर्थ डबली
बिहिवार, जेठ ११ २०८० (अर्काइभ बाट)
  • सूर्यमुखी खेती र यसका उन्नत प्रविधिहरू

    परापूर्वकालमा फूलको रूपमा लगाइएको आलङ्कारिक बिरुवा हो सूर्यमुखी । फलमा भएको बिउबाट तेल निकालेर प्रयोग गर्न सकिने भएकोले यो महत्त्वपूर्ण नगदे बालीका रूपमा लोकप्रिय छ ।

    images
    images

    यो कम्पोजिटी (Composite) परिवार अन्तर्गत पर्दछ । यसको वानस्पतिक नाम Helianthus annus हो । सूर्यमुखी पहिले पहिले सुन्दरताको लागि सजाउन प्रयोग गरिन्थ्यो । तर, पछिल्लो समय तेलहनको रूपमा पनि प्रयोग गर्न थालिएको छ ।

    यो बाली सोभियत संघ, अर्जेन्टिना, बुल्गेरिया, रूमानिया, टर्की, दक्षिण अमेरिका र भारतमा खेती गरिन्छ । यो बाली नेपालको केही भागहरूमा लगाइन्छ । अरु तेलहन बाली जस्तै तोरी, सस्र्यूँ, बदाम, भटमास, तिलभन्दा सूर्यमुखी स्वाथ्यवद्र्घक मानिन्छ । यसको छाता निस्केपछि छाताको पछाडि भागमा अक्सिजन भन्ने वृद्धिवद्र्घक रसायन हुन्छ । जुन सूर्यको प्रकाशमा छायामा बस्न खोज्ने गुण भएकोले दिनमा सूर्यमुखी सूर्यतिर फर्केको हुन्छ । त्यसैैले यसलाई सूर्यमुखी भनिन्छ । 

    महत्त्व

    सूर्यमुखीको तेलमा अरुमाभन्दा बढी प्रोटिन, भिटामिन र खनिज तत्त्वहरू पाइन्छन् । औसतभन्दा बढी प्रयोग गर्ने तोरीको दानामा ३०–३५ प्रतिशत तेलको मात्रा पाइन्छ ।  यसको बिउमा ४५–५० प्रतिशतसम्म उच्च गुणस्तरको तेल पाइन्छ । सूर्यमुखीको तेलमा मुटुको रोग निम्त्याउने कोलेस्टेरोल अथवा पोली अन्स्याचुरेटेड फयाट्टी एसिडको मात्रा एकदमै कम हुन्छ । त्यसैले यो रक्तचाप सम्बन्धी रोगीको लागि राम्रो मानिन्छ । यसको तेलले रगतमा भएको कोलेस्टेरोललाई नियन्त्रण गर्ने भएकोले मुटु तथा मधुमेहका रोगीहरूका लागि लाभकारी हुने देखिन्छ । तेल निकालेपछि बन्ने पिना पनि प्रोटिनको राम्रो स्रोत भएकाले पशु आहाराका लागि प्रयोग हुन्छ । 

    वानस्पतिक विवरण

    सूर्यमुखी एक वर्षे बाली हो । यसलाई प्रकाश अवधि र तापक्रमले असर गर्दैन । बोट सिधा र अग्लो हुन्छ । यसको उचाई ५–२० फिट वा २ मी. हुन सक्दछ । यसको पूmल पहेँलो खैरो डिस्क आकारको १५–३० से. मी. ब्यास भएको हन्छ । सूर्यमुखीको पूmल सूर्य उदाउने बेला पूर्व दिशा ढल्केको हन्छ भने मध्यान्हतिर क्रमशः सिधा हँुदै जान्छ । सूर्य ढल्कदै गएपछि पूmल पनि ढल्कदै जान्छ र साझ पर्न थालेपछि सिधा हुन थाल्दछ कालो लाम्चो हन्छ । 

    माटो

    सूर्यमुखी खेतीको लागि दोमट माटो एकदमै उत्तम हुन्छ वर्षाको समयमा भने बलौटे माटो उपयुक्त मानिन्छ । माटोको पि.एच. ६.५ देखि ८.५ सम्म हुनुपर्छ । यो बालीको खेती गर्दा पानी जम्नु हुँदैन । सूर्यमुखी खेती छोटो अवधि, कम मलजल र लगभग सबै किसिमको माटोमा हुने भएकोले आर्थिक दृष्टिकोणले फाइदाजनक छ । 

    हावापानी

    सूर्यमुखीलाई दिनले प्रभाव नपार्ने ९मबथ लभगतचब०ि बिरुवा भनिन्छ । यसलाई लामो दिन र छोटो दिनले कुनै प्रभाव पार्दैन र वर्षभरि नै लगाउन सकिन्छ । यो बाली उम्रन चिसो तापक्रम र बिरुवा बढ्नका लागि र फुल्ने बेलामा घाम राम्रो लाग्ने भएमा राम्रो उत्पादन हुन्छ । सूर्यमुखीका जातहरूमा लामो र छोटो दिनको प्रभाव नपर्ने भएकोले यसको खेती वर्षा र हिउँद दुवै मौसममा गर्न सकिन्छ । उष्ण र शीतोष्ण मौसममा खेती भएता पनि पहाडी भागको कम तापक्रममा उत्पादन राम्रो हुन्छ । पहाडमा मकै लगाउने बेलामा यो लगाउन सकिन्छ । सूर्यमुखीलाई मकै, बदाम र तीलसँग लगाउँदा उत्पादनमा ह्रास आउँछ । पहाडमा मकै लगाउने बेलामा सूर्यमुखीलाई जेठको आधातिर लगाइ भदौमा काटेर तोरी, गहँु वा आलु लगाउन सकिन्छ । यो बालीको बेर्ना उम्रिने र हुर्किने समयमा चिसोपन चाहिए पनि त्यसपछि फूल फुल्ने र पाक्ने समयमा गर्मी हावापानी नै चाहिन्छ । फूल फुल्ने बेलामा वर्षा भएमा बिउ र तेल दुबैको उत्पादनमा ह्रास आउँछ । तापक्रम २०–३५ डि.से. भएमा यसको खेती राम्रो मानिन्छ ।  

    लगाउने समय 

    नेपालमा बर्षा तथा बसन्त मौसममा सूर्यमुखी लगाउन सकिन्छ । तर, बिउ रोप्ने उपयुक्त समयको भने छनौट गर्नु पर्दछ । बर्षे खेतीका लागि जेठको तेस्रो (चौथो हप्ता तथा बसन्ते मौसमका लागि फागुनको तेस्रो) वा चौथो हप्तामा लगाउनु पर्दछ । बिउ राख्न ढिला भएमा प्रतिकूल मौसमले बालीमा असर गर्दछ । नेपालमा यो बाली धेरैजसो बसन्त मौसममा लगाइन्छ र यसको लोकप्रियता बढ्दै गएको छ । त्यस्तै, बर्षे मौसममा सूर्यमुखी लगाउदा रोग कीराको आक्रमण बढी हुने गर्दछ ।

    जातहरू 

    हालसम्म नेपालमा अनुसन्धान भएर सूर्यमुखीको कुनै पनि जातहरू सिफारिस भएको छैन । कृषकहरूले आयातित बिउ स्रोतबाट लगाइएको प्रचलित जातहरू पेरेडोमिक र मोडर्न हुन् । अन्य केही हाइब्रिड जातहरू पनि लगाइन्छन् जसको उत्पादन अरु उन्नत जातभन्दा बढी हुन्छ । तर, हाइब्रिड लगाउदा आफ्नै बालीबाट बिउ राख्न नसकिने समस्या छ । जसले गर्दा अर्को सिजनको लागि आयातित बिउमै भर पर्नुपर्छ । 

    पेरेडोमिक जात

    यो जातको बोट अग्लो (१६०–१८५ से.मी) हुन्छ र हाँगा हुँदैन । सरदर उत्पादन १५–२० क्विन्टलप्रति हेक्टर हुन्छ । बसन्त ऋतुमा यो ९०–९५ दिनमा पाक्दछ । यसको बिउ कालो रङ्गको हुन्छ ।

    मोर्डन जात

    यो जातको बोट होचो (८०–६० से.मी) हुन्छ । थुङ्गा आकर्षक र बिउ पुष्ट कालो रङ्गको हुन्छ । बसन्त ऋतुमा ८०–८५ दिनमा पाक्दछ र सरदर उत्पादन एक टन प्रतिहेक्टर हुन्छ ।

    जमिनको तयारी कसरी गर्ने ? 

    यसको लागि जग्गा तयार गर्दा २–३ पटक माटो बुर्बुराउँदो पार्नु पर्दछ । गोठे तथा कम्पोस्ट मल बिउ रोप्नुभन्दा ३–४ हप्ता पहिले माटोमा मिलाई सक्नुपर्दछ ।

    मलखाद

    सूर्यमुखीको लागि प्राङ्गारिक र रासायनिक दुवै थरीका मल दिन सके राम्रो उत्पादनको आशा राख्न सकिन्छ । आकाशे पानीको भरमा गरिने बाली र सिँचाइ सुविधा भएको ठाउँको लागि क्रमश २०ः३०:२० र ४०ः ६० : ४० के. जी. नाइट्रोजन, फस्फोरस र पोटास प्रतिहेक्टर हाल्न सिफारिस गरिएको छ । बिउ रोप्नुभन्दा पहिले १२–२४ घण्टा भिजाएमा बिउ राम्रो उम्रन्छ । बिउ रोप्दा ५ से.मी. गहिराइमा एक हारदखि अर्को हारको दूरी ४५ से.मी. र बिरुवा–बिरुवा बिचको दूरी ३० से.मी. कायम रहने गरी रोप्नु पर्दछ । यो बालीका लागि मलखादको राम्रो ब्यवस्था गर्नु पर्दछ । हाइब्रिड जात लगाएमा माथि भनेको परिमाणमा केही थप गर्नु पर्दछ ।

    बिउ दर

    सूर्यमूखीको बिउ प्रतिहेक्टर ८–१० के.जी.आवश्यक पर्दछ । बिउलाई प्रति के.जी. ३ ग्रामका दरले थिराम वा ब्रसिकोलले रोप्नु भन्दा पहिले उपचार गर्नुपर्दछ ।

    गोडमेल

    बिउ उमे्रको दुई हप्तापछि बिरुवाहरू बाक्लो देखिएमा बाक्लो बोटहरूलाई उखेली हटाउनुपर्दछ । बिउ नउम्रेको ठाउँमा बिरुवा सारी सिँचाइ दिनुपर्दछ । बिउ रापेको एक महिनापछि पहिलो गोडमेल र ४०–५० दिनपछि दोस्रो गोडमेल गर्नुपर्दछ । सुर्ती जस्तै सूर्यमुखी लगाएको खेतमा ठोकरा ९इचयदबलअजभ० समस्या हुन्छ । यो ठोकरालाई नियन्त्रण गर्न बालीचक्र अपनाउनु पर्दछ ।

    सिँचाइ

    बसन्त मौसममा लगाएको सूर्यमुखीमा आवश्यकता अनुसार सिँचाइ दिनु पर्दछ । चिस्यान कम भएमा बिउ छर्नु भन्दा अगाडि सिँचाइ गरी बिउ एक रूपले उम्रिने वातावरण मिलाउनु पर्दछ । यसबाहेक बिरुवा ४–५ पात भएको बेला, फूल फुल्नु भन्दा अगाडि र दाना लाग्ने बेलामा सिँचाइ दिन आवश्यक हुन्छ । साधारणतयाः बर्षा मौसममा लगाएको बालीमा भने सिँचाइ चाहिदैन । पानी नपरेमा फूल फुल्ने बेलामा एक पटक सिँचाइ दिन आवश्यक हुन्छ । सूर्यमूखीलाई फूल फुल्नु ५–२० दिन अगाडि र फूल फुलेको ५–२० सम्म पानीको आवश्यकता पर्दछ । यस समयमा पानी नपरे सिँचाइ
    गर्नुपर्दछ ।

    रोग नियन्त्रण  

    डढुवा रोग : यो रोग ढुसीबाट लाग्दछ । रोग लाग्दा पातमा गाढा खैरोदेखि काला थोप्लाहरू देखिन्छन् र पछि गोला थोप्लाको चारैतिर साँघुरो मरेको भाग देखिन्छ । पछि गएर पातहरू सुक्छन् र मूल स्तम्भमा नुहेर रहन्छन् ।

    ब्यवस्थापनका उपायहरू

    उपचार गरिएको शुद्ध बिउ लगाउने ।

    रोग देखिनासाथ वेभिस्टिन २ ग्राम वा डाइथेन एम.४५, ३ ग्राम प्रतिलिटर पानीमा घोली १५ दिनको फरकमा २– ३ पटक स्प्रे गर्ने ।

    फूलको थुङ्गामा बिउ भरिने समयमा ब्लाइटेक्स २ ग्राम प्रतिलिटर पानीमा घोली २ पटक स्प्रे गर्ने ।

    बाली ओइलाउने रोग : यो ढुसीजन्य रोग हो । यो रोग जुनसुकै बेला लाग्न सक्छ । सेतो ढुसीको बृद्धि माटोको सतहमा बोटमा देखिन्छ र रायोको दाना जस्ता गिर्खा रोग ग्रस्त भागमा देखिन्छन् । रोगी बोटलाई टाढाबाट ओइलाएको देखिन्छ ।

    ब्यवस्थापनका उपायहरू

    रोगी बोटलाई वरिपरिको माटोसहित जम्मा गरी जलाउनु पर्दछ ।

    झारपात हटाई जमिन सफा राख्ने ।

    घुम्ती बाली अपनाउने (२–३ सिजनपछि मात्र यो बाली पुनः लगाउने) ।

    बेर्ना काट्ने किराः बेर्ना काट्ने कीरा खुम्रे पनि हो । यसले साना बिरुवालाई जमिनको सतहमा काटी क्षति पु-याउँदछ ।

    ब्यवस्थापनका उपायहरू

    – माटोमा बस्ने कीराको प्रकोपबाट बचाउन बिउ छर्नु भन्दा अगावै माटोको उपचार गर्न सकिन्छ । यसका लागि क्लोरोपायरिफस ६ लिटर ६०० ७०० लिटर पानीमा घोली प्रतिहेक्टरका दरले माटोमा स्प्रे गर्नु पर्दछ ।

    बालीमा पात खाने कीराः यो बालीमा धेरै प्रकारका लार्भाहरूले पात खाइ नोक्सान पु¥याउँछन् । यसबाहेक लाही र फड्के कीराले पनि रस चुसेर डढेको जस्तो बनाउँछ ।

    रोकथामका उपायहरू

    – यी कीराहरूको रोकथामका लागि मोनोक्रोटोफस १ मि.लि. प्रति लिटर पानीमा घोली १० १५ दिनको फरकमा दुइपटक बोट भिज्ने गरी छर्नु पर्दछ ।
    फूलमा बिउ खन्ने कीराः पतेरो कीरा र सुर्ति तथा चना बालीमा लाग्ने लाभ्रे कीराले फूल तथा दाना खाएर क्षति पु-याउँछ । पतेरोले बिउमा भरिन लागेको दूध चुसी दाना फोस्रो बनाउँछ भने लाभ्राहरूले सिँगै दाना नै खाएर फूलको थुङ्गा खाली बनाउँंदछ ।

    रोकथामका उपाय

    – यी कीराहरूको रोकथामको लागि मोनोक्रोटोफस १ मि.लि. प्रतिलिटर पानीमा घोली फूलको वरिपरि भिज्ने गरी छर्नुपर्दछ ।
    बाली काट्ने र थन्काउने

    सूर्यमूखीको दाना तयार हुन हिउँदमा १३५–१४० र वर्षामा ११०–११५ दिन लाग्दछ । फूलको पछिल्लो भाग पहेँलो वा खैरो रङ्गको र हातमा लिएर माड्दा कडा भयो भन्ने बाली काट्ने बेला भयो भने बुझ्नु

    पर्दछ । काटेपछि २–३ दिन घाममा सुकाइ लीले चुटी बिउ झार्नु पर्दछ । बिउ राम्ररी सफा गरी सुकाएर बन्द गर्न मिल्ने भाँडोमा राखी भण्डार गर्नुपर्दछ । कटानीपछि बिउको सुषुप्त अवस्था (dormancy) ४५ दिनको हुन्छ ।

    उत्पादन

    असिञ्चित क्षेत्रमा ५०० के.जी.प्रति हेक्टर र सिञ्चित क्षेत्रमा एक हजारदेखि १५ हजार के.जी. प्रति हेक्टर उत्पादन हुन्छ । 

    बाली संरक्षण

    लाग्ने खास प्रकारका कीराहरू र रोगहरू छैनन् । तैपनि सिन्दुरे र पातमा थोप्ले लाग्ने रोगहरू लाग्दछन् । यस्ता रोगहरूका लागि डाइथन एम–४५ नामक विषादी ०.२ प्रतिशत घोल तयार गरी २–३ पटक २०–२५ दिनको अन्तरमा प्रयोग गर्नुपर्दछ । पात खाने लाभ्रा नियन्त्रणको लागि १.५ एम. एल. प्रतिलिटर पानीमा झोल बनाएर दुई वा तीन पटक छर्नुपर्दछ । यो बालीमा चुस्ने कराहरू जस्तै : Jassids, लाही, Bugआदि नियन्त्रणको लागि Dimethoate 30 EC १.५ लिटरमा पानीमा झोल बनाएर १५–२० दिनको अन्तरालमा छर्नुपर्दछ ।

    जातहरू

    नेपालमा करिब २०–२५ वर्ष पहिले सूर्यमुखीकोे रुसी जातहरू भित्रियो र नवलपुर तेलहनबाली अनसन्धान केन्द्रमा परीक्षण गरियो । तिनीहरूमध्ये Peredovic-EC-68414 जात खेतीको लागि धेरै प्रसिद्ध मानिन्छ ।

    लेखक : विश्वनाथ प्रसाद यादव
    स्रोत : कृषि ज्ञान मासिक पत्रिका 

     

    साताको लोकप्रीय