महालक्ष्मी विकास बैङ्कद्वारा क्रेडिट कार्ड सेवाको सुरु, केके छन् विशेषता ? 

महालक्ष्मी विकास बैङ्कद्वारा क्रेडिट कार्ड सेवाको सुरु, केके छन् विशेषता ? 

अर्थ डबली
शुक्रवार, जेठ १२ २०८०
अर्थ डबली
शुक्रवार, जेठ १२ २०८० (अर्काइभ बाट)
  • महालक्ष्मी विकास बैङ्कद्वारा क्रेडिट कार्ड सेवाको सुरु, केके छन् विशेषता ? 

    महालक्ष्मी विकास बैङ्क लिमिटेडले ग्राहकहरूको डिजिटल बैङ्किङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैङ्कको २९औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको छ । ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको सो बैङ्कले आज शुक्रबारदेखि औपचारिक रूपमा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको हो ।
    बैङ्कका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बैङ्कको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमकाबिच क्रेडिट कार्ड सेवाको उद्घाटन गरेका हुन् । 

    images
    images

    उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बङ्ैकिङ्ग सेवाको पहुँच सम्पूर्ण नेपाली जनतामा पु-याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

    क्रेडिट कार्ड प्रयोगकर्ताले प्वाइन्ट अफ सेल (पिओएस मेसिन), अनलाइन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटिएमबाट सजिलै नगद झिक्न, पिओएसमार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरू खरिद गर्न सक्नेछन् । 

    कार्ड मार्फत नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा र वस्तु वा सेवाहरू खरिद गर्दा अधिकतम ४५ दिनसम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल  भारत र भुटानमा सजिलै  प्रयोग गर्न सकिने जस्ता विशेषताहरू क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।

    साताको लोकप्रीय