‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई, ‘मिस नेपाल अर्थ’ बनिन् मजगैयाँ 

‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई, ‘मिस नेपाल अर्थ’ बनिन् मजगैयाँ 

अर्थ डबली
शनिवार, जेठ १३ २०८०
अर्थ डबली
शनिवार, जेठ १३ २०८० (अर्काइभ बाट)
  • ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई, ‘मिस नेपाल अर्थ’ बनिन् मजगैयाँ 

    ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । आज गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

    images
    images

    प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् । 

    प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पारेकी छन् भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जितिन्। समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको छ । 

    Miss nepal1.JPG
     
    मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ । यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउछिन्। नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइनेछ कम्पनीले जानकारी दिएको छ । 

    साताको लोकप्रीय