नेपाल लाइफद्वारा ६४ लाख २५ हजारका दावी भुक्तानी

नेपाल लाइफद्वारा ६४ लाख २५ हजारका दावी भुक्तानी

अर्थ डबली
आइतवार, जेठ १४ २०८०
अर्थ डबली
आइतवार, जेठ १४ २०८० (अर्काइभ बाट)
  • नेपाल लाइफद्वारा ६४ लाख २५ हजारका दावी भुक्तानी

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

    images
    images

    टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित श्री नर बहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएपछि कम्पनीको उक्त रकम बराबरको दावी भुक्तानी गरेको हो । 

    टीकापुरमा आयोजित एक कार्यक्रमबीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रू ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेको हो । 

    आफ्नो जीवनकालमा स्व : नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि टीकापुर शाखा कार्यालयबाट मिती २०७५ भदौ १३ गते ५० लाख रुपैयाँ बीमाङ्क भएको जीवन बीमा योजना लिएका थिए । 

    बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख रुपैयाँ र बोनस बापत रु.१४ लाख २५ हजार रुपैयाँ गरी कुल ६४ लाख २५ हजार रुपैयाँ उनले इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरेको कम्पनीले जनाएको छ । 

    कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी उक्त दाबी भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् । 

    साताको लोकप्रीय