२०७८/७९ को वित्तीय स्थितिः मूल्यवृद्धि बढ्यो, कुन सूचकाङ्क कस्तो ?

२०७८/७९ को वित्तीय स्थितिः मूल्यवृद्धि बढ्यो, कुन सूचकाङ्क कस्तो ?

अर्थ डबली
सोमवार, जेठ १५ २०८०
अर्थ डबली
सोमवार, जेठ १५ २०८० (अर्काइभ बाट)
  • २०७८/७९ को वित्तीय स्थितिः मूल्यवृद्धि बढ्यो, कुन सूचकाङ्क कस्तो ?

    काठमाडौँ / आर्थिक बर्ष २०७९/७० को फागुनसम्ममा सबैभन्दा बढि मूल्यवृद्धि अन्न तथा अन्नबाट बनेको परिकारमा भएको छ । 

    images
    images

    अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को दुवै सदनमा पेश गरेको चालु आवको आर्थिक सर्वेक्षण अनुसार  अन्न तथा अन्नबाट बनेको परिकारमा १४.३५ प्रतिशत मूल्यवृद्धि भएको हो । 

    आर्थिक वर्ष २०७९/८० को फागुनसम्म सबैभन्दा बढि मूल्यवृद्धि रेष्टुरा तथा होटल, यातायात, मसला,  सुर्तीजन्य पदार्थ, स्वास्थ्य, घरायसी सामान तथा सेवा, मनोरञ्जन तथा संस्कृति, फर्निचर तथा घरायसी उपकरण रहेका छन् ।

    यस्तै, आर्थिक सर्वेक्षण अनुसार सबैभन्दा कम मूल्यवृद्धि तरकारी, घ्यू तथा तेल, सञ्चार, मासु तथा माछा, दाल, दुग्ध पदार्थ तथा अण्डा, चिनी तथा मिठाइ, लत्ता कपडा तथा जुत्ता तथा हल्का पेय पदार्थ छन् ।

    सबैभन्दा बढि मूल्यवृद्धि र कम मूल्यवृद्धि भएका वस्तु तथा सेवाः 

    1.JPG

    वार्षिक बिन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २०७९ फागुनमा ५.६४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.३५ प्रतिशत रहेको छ । यस्तै, रेष्टुरेण्ट तथा होटलको १४.०९ प्रतिशत रहेको छ। 

    त्यसैगरी, यस्तो सूचकाङ्क मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको छ। २०७८ फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत रहेको थियो ।

    वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप(समूहको मूल्य सूचकाङ्क १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुको ९.७२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ८.७९ प्रतिशतले बढेको छ । २०७८ फागुनमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको थियो।

    औसत उपभोक्ता मुद्रास्फीति ७.९३ प्रतिशत

    आर्थिक वर्ष २०७९/८० को फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ७.९३ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.५३ प्रतिशत रहेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन महिनामा उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो । 

    वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन महिनामा काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको छ। यस्तै, २०७८ फागुन महिनामा यस्तो मुद्रास्फीति क्रमशः ६.३१ प्रतिशत, ७.३६ प्रतिशत, ७.६९ प्रतिशत र ७.५६ प्रतिशत रहेको थियो ।

    साताको लोकप्रीय