श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

अर्थ डबली
सोमवार, जेठ १५ २०८०
अर्थ डबली
सोमवार, जेठ १५ २०८० (अर्काइभ बाट)
  • श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

    कोलम्बो / श्रीलङ्काका साप्ताहिक रूपमा प्रदान गर्दै आएको  इन्धन कोटा बढाउँने भएको छ ।  ऊर्जा मन्त्री कञ्चना विजेसेकराले बढेको नयाँ इन्धन कोटा मे ३० मध्यरातबाट उपलब्ध हुने बताउनुभएको छ । 

    images
    images

    नयाँ योजना अन्तर्गत तीन पाङ्ग्रे सवारीहरूले प्रति हप्ता २२ लिटर (१५ लिटर बाट माथि) सम्मको इन्धन किन्न सक्नेछन् भने मोटरसाइकलले १४ लिटर (७ लिटरबाट माथि) किन्न सक्नेछन् । 

    त्यसैगरी बसहरूले  १२५ लिटर ( ६० लिटरबाट माथि), कार ४० लिटर (३० लिटरबाट माथि), र अन्य भूमिगत सवारीहरूले ४५ लिटर २५ लिटरबाट माथि) किन्न सक्नेछन् । 

    यसै बीच लरीहरूले १२५ लिटर ( ७५ लिटरबाट माथि) किन्न सक्नेछन् भने क्वाड्रिसाइकलहरूले १४ लिटर (६ लिटरबाट माथि) किन्न सक्नेछन् । विदेशी मुद्रा सञ्चिति अभावका कारण इन्धनको अभाव भएपछि श्रीलङ्काले सन् २०२२ को मध्यदेखि इन्धन खपतमा मितव्यिता अपनाउँदै आएको छ । 

    साताको लोकप्रीय