लुम्बिनी विकास बैंकको ऋणपत्र विक्री खुला, ब्याजदर कति  ?

लुम्बिनी विकास बैंकको ऋणपत्र विक्री खुला, ब्याजदर कति  ?

अर्थ डबली
मंगलवार, जेठ १६ २०८०
अर्थ डबली
मंगलवार, जेठ १६ २०८० (अर्काइभ बाट)
  • लुम्बिनी विकास बैंकको ऋणपत्र विक्री खुला, ब्याजदर कति  ?

    काठमाडौँ / लुम्बिनी विकास बैंकको ऋणपत्र आज (मंगलबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ।  बैंकले १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको '११% एलबिबिएल डिबेन्चर २०८९' निष्कासन गरेको हो।

    images
    images

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। 

    यस्तै, ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ। सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।

    सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।

    उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन सक्नेछन् भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।  

    कम्पनीको ऋणपत्रमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि जेठ ३० गतेसम्म लम्बिनेछ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लिरिङबाट निर्माण गरिएको 'मेरो सेयर' अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

    कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर डबल बी प्लस' रेटिङ प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ।

    साताको लोकप्रीय