सिटी एक्सप्रेस मनी ट्रान्सफरको सिइओमा सैँजु, कम्पनीको नेटवर्क विश्वव्यापी पहुँच विस्तार गर्ने 

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सिइओमा सैँजु, कम्पनीको नेटवर्क विश्वव्यापी पहुँच विस्तार गर्ने 

अर्थ डबली
मंगलवार, जेठ १६ २०८०
अर्थ डबली
मंगलवार, जेठ १६ २०८० (अर्काइभ बाट)
  • सिटी एक्सप्रेस मनी ट्रान्सफरको सिइओमा सैँजु, कम्पनीको नेटवर्क विश्वव्यापी पहुँच विस्तार गर्ने 

    काठमाडौँ / सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा निरजमान सैँजु नियुक्त भएका छन् । कम्पनीमा अनुभवी कार्यकारी अधिकृत सैँजुको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको  प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको सिटी एक्सप्रेसले जनाएको छ । 

    images
    images

    ४२ वर्षीय सैँजुको बैङ्किङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभवका साथै धेरै वाणिज्य बैङ्कहरूको फिल्ड् ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढी उत्कृष्ट अनुभव रहेको कम्पनीले जानकारी दिएको छ ।

    क्यानडास्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका सैँजुले सुरक्षा र लगानी क्षेत्रमा विज्ञतासमेत हासिल गरेका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले आफुले कम्पनीको दिगो आर्थिक बृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालकोे सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने बिश्वास दिलाएका छन् ।  

    सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 
    आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैङ्कको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ । 

    साताको लोकप्रीय