कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक शेयर विक्री खुला, प्रतिकित्ता कति ? 

कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक शेयर विक्री खुला, प्रतिकित्ता कति ? 

अर्थ डबली
बुधवार, जेठ १७ २०८०
अर्थ डबली
बुधवार, जेठ १७ २०८० (अर्काइभ बाट)
  • कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक शेयर विक्री खुला, प्रतिकित्ता कति ? 

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ७१ हजार २६५ कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता ११० रुपैयाँ अंकित मूल्यमा जो कोही व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

    images
    images

    उक्त शेयर खरीद गर्न ईच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

    ईच्छुक खरीदकर्ताहरूले जेठ २३ गतेभित्र विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा दिउँसो ३ बजेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २४ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने बैंकले जनाएको छ ।

    साताको लोकप्रीय