नविल बैङ्कको एकसाथ ३८ शाखा सञ्चालन, अध्यक्ष भन्छन् - बैङ्किङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न सक्दैन

नविल बैङ्कको एकसाथ ३८ शाखा सञ्चालन, अध्यक्ष भन्छन् - बैङ्किङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न सक्दैन

अर्थ डबली
बिहिवार, जेठ १८ २०८०
अर्थ डबली
बिहिवार, जेठ १८ २०८० (अर्काइभ बाट)
  • नविल बैङ्कको एकसाथ ३८ शाखा सञ्चालन, अध्यक्ष भन्छन् - बैङ्किङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न सक्दैन

    काठमाडौँ / नविल बैङ्कले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार बैङ्क स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौँमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।

    images
    images

    बैङ्कले नविल बैङ्क अब तपाईसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैङ्किङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा बिस्तार गरिरहेको छ । कार्यक्रममा बोल्दै बैङ्कका अध्यक्ष उपेन्द्र पौडेलले नविल बैङ्कको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजीहरू प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताए । 

    अध्यक्ष पौडेलले बैङ्कको देशभर एकैसाथ ३८ वटा शाखा बिस्तार गर्ने विषय सजिलो नरहेको बताए ।  उनले आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैङ्कहरूको शाखाहरू एकदमै कम भएको तर सरकारी बैंकका शाखा धेरै भएको बताए । 

    अध्यक्ष पौडेलले डिजिटल प्रविधिको कारणले बैङ्कहरूको धेरै शाखा भए पनि कम कर्मचारी भए पनि शाखा सञ्चालन गर्न सकिएको बताए । 

    सरकार र राष्ट्र बैङ्कले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने उनले बताए ।  अध्यक्ष पौडेलले अब बैङ्किङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न नसक्ने बताए । 

    उनले अबको बैङ्किङ आफ्नो लागि भन्दा पनि समाज र राष्ट्रका लागि गरेको योगदानको मापन गर्नुपर्ने अवस्था रहेको बताए । अध्यक्ष पौडेलले बैङ्कका निक्षेपकर्ताहरूले आफूले बैङ्कमा राखेको पैसा के मा लगानी लगाईको छ भनेर जानकारी दिनु पर्ने बेला आएको बताए । बैङ्क ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी वागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । 

    त्यस्तै, कोशी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १० कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैङ्कका शाखा कार्यालयको सङ्ख्या २५५ पुगेको छ ।

    * यस समाचारको शीर्षकमा ‘बैङ्किङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न सक्दैन’ हुनुपर्नेमा अन्यथा हुन  गएकोमा  सच्याइएको छ । 

     

    साताको लोकप्रीय