नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवन, कार्यसम्पादन सहज हुने सिइओ पराजुलीको विश्वास  

नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवन, कार्यसम्पादन सहज हुने सिइओ पराजुलीको विश्वास  

अर्थ डबली
मंगलवार, जेठ २३ २०८०
अर्थ डबली
मंगलवार, जेठ २३ २०८० (अर्काइभ बाट)
  • नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवन, कार्यसम्पादन सहज हुने सिइओ पराजुलीको विश्वास  

    काठमाडौँ / नेपालको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवन उद्घाटन गरेको छ । कम्पनीले सोमबार २२, जेठमा एक भव्य कार्यक्रमकाबिच उक्त कार्यालय उद्घाटन गरेको हो । 

    images
    images

    कम्पनीका सञ्चालक समितिका सदस्यहरू कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशव प्रसाद दाहालले संयुक्त रूपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेका थिए । 

    करिव ३,२२० वर्ग फिटमा फैलिएको उक्त भवनको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख, विभिन्न सञ्चार माध्यमका प्रतिनिधि, बिमा अर्भिकर्ता तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति थियो । 

    उक्त सुविधा सम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उपस्थित सबैलाई स्वागत गरेका थिए । 

    उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाउँदा हर्षले गद्गद् भएको बताए । निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य शहरहरूमा घर जग्गा खरिद गर्ने योजनासहित कार्यारम्भ गरिसकेको उनले जानकारी दिए । 

    सदस्य अग्रवालले २०७२ मा संविधान जारी भए पश्चात नेपालले संघियताको ढाँचा अवलम्बन गरेको र यसैलाई मूर्त रूप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको बताए । 

    सो अवसरमा उनले गण्डकी प्रदेशको साक्षरता दर, कुल ग्राहस्थ उत्पादनमा गरेको योगदानका लागि गण्डकी प्रदेशवासीलाई धन्यवाद ज्ञापन गरे । 

    साथै सदस्य अग्रवालले बिमा क्षेत्रमा गण्डकी प्रदेशद्वारा गरिएको योगदानकोसमेत प्रसंशा गरे । 

    “नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा नेपालको जनसङ्ख्याको करिव १० प्रतिशत जनतालाई जीवन बिमासम्बन्धि सेवा प्रवाह गर्दै नेपाली जीवन बिमाको क्षेत्रमा विभिन्न सूचकहरूको आधारमा अब्बल रहदै आफुलाई नेपालकै सर्वाधिक विश्वासिलो जिवन बिमा कम्पनीको रूपमा नेपाल लाइफ स्थापित छ,” उनले भने ।

    नेपाल बिमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए । 

    प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रीय कार्यालयबाट प्रदान गरिने सेवाहरू स्थानीय ठाउँबाट प्रदान गर्न सके बिमा सचेतामा बढ्न गई बिमाप्रति मान्छेको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको बताए । बिमा क्षेत्रमा प्राधिकरणले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा सबै सरोकारवालाहरूले हातेमालो गरेर काम गर्नुपर्ने उनको भनाइ छ । 
     
    कार्यक्रममा बोल्दै सञ्चालक समितिका सदस्य विमलप्रसाद ढकालले बिमा व्यवसाय आफ्नो सिमा आफैँ तोकेर गर्न सकिने व्यवसाय रहेको र यस क्षेत्रमा प्रचुर सम्भावना भएको हुनाले आफ्नै गाउँ ठाउँमा रहेर स्वरोजगार हुन इच्छुक व्यक्तिहरूको लागि यो क्षेत्र एकदमै लाभदायी तथा सम्मानजनक रहेको बताए । 

    समारोहमा बोल्दै यस कम्पनीका सञ्चालक समितिका सदस्य कृष्णराज लामिछानेले नेपालको सुन्दर नगरी पोखरामा कम्पनीले भवन लिई त्यस क्षेत्रका आम नागरिकलाई जीवन बिमा सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्न नेपाल लाइफ अग्रसर भएको देख्दा गौरवान्वित महसुस भएको बताए । 

    नेपाल लाइफको काठमाडौँ उपत्यका बाहिर पोखराको भवन पहिलो रहेको तथा यसले कम्पनीको विश्वसनियता बढी बिमा बजारको विकासमा टेवा पुग्ने उनको भनाइ छ । 

    हरेक घरमा एक बिमाको आवाधारणलाई मुर्त रूप प्रदान गर्नुका साथ साथै गरिब, सिमान्तकृत समुदायलाई बिमाको दायराभित्र ल्याउनका निम्ति राज्यले बिमामैत्री नीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिए । 

    समुद्घाटन समारोहका सभापति तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले पोखरामा घर खरिद गरी सेवा प्रवाह गर्नु रणनैतिक रूपमा एकदमै महत्त्वपूर्ण रहेको बताए । 

    आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम् प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने बतए । नेपाल लाइफसँग अहिलेको अवस्थामा चुनौतिका साथसाथै प्रशस्त अवसरहरू समेत रहेको उनको भनाइ छ । 

    प्रादेशिक कार्यलयको स्थापनासँगै प्रशासनिक कार्यहरुको विकेन्द्रीकरणसँगै सेवा प्रवाह थप सरल, सहज र प्रभावकारी हुने सिइओ पराजुलीको विश्वास छ । 

    प्रादेशिक कार्यालय हुनुले कार्यसम्पादन सहज हुन गई बिमा बजारको बजारीकरण, बिमा सचेतना तथा बिमा बजारमा स्वस्थ प्रतिस्पर्धा हुने र ग्राहकहरूले गुणस्तरीय सेवा प्राप्त गर्नेमा आफु ढुक्क रहेको उनले बताए । 

    कार्यक्रमको सञ्चालन कम्पनीका गण्डकी प्रदेशका प्रमुख अनन्त अधिकारीले गरेका थिए । 

    साताको लोकप्रीय