ग्राहकहरूको गोपनियता र डेटाको सुरक्षामा सम्झौता हुँदैन : नेपाल टेलिकम 

ग्राहकहरूको गोपनियता र डेटाको सुरक्षामा सम्झौता हुँदैन : नेपाल टेलिकम 

अर्थ डबली
मंगलवार, जेठ २३ २०८०
अर्थ डबली
मंगलवार, जेठ २३ २०८० (अर्काइभ बाट)
  • ग्राहकहरूको गोपनियता र डेटाको सुरक्षामा सम्झौता हुँदैन : नेपाल टेलिकम 

    काठमाडौँ / नेपाल टेलिकमले आफ्ना ग्राहकको गोपनियतालाई सधैँ सम्मान गर्ने र यसको सुरक्षा र गोपनियतामा कुनै पनि सम्झौता नहुने प्रतिबद्धता व्यक्त गरेको छ । एक अनलाइनमा टेलिकमका सेवा सुरक्षाप्रति शङ्का व्यक्त गरी प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाउँदै टेलिकमले कम्पनीका कर्पोरेट ग्राहक र डेटा सुरक्षा सम्बन्धी विज्ञप्ति प्रकाशित गरी सो प्रतिबद्धता जनाएको हो ।
     
    राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरूलेझैँ कम्पनीले विवरणहरू उपलब्ध गराउने गरेको कम्पनीले जानकारी दिएको छ । 

    images
    images

    विज्ञप्ति प्रकाशित गरी कम्पनीका सेवाहरू अत्यन्त भरपर्दो र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको बताउँदै कम्पनीको सेवा निर्धक्क भएर प्रयोग गर्न टेलिकमका प्रवक्ता शोभन अधिकारीले आग्रह गरे । 

    साथै उनले कम्पनीले पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ताहरू उल्लेख्य रूपमा बढिरहेको जानकारी दिए । 

    साताको लोकप्रीय