एलजी ओलेड टिभी एक दशकसम्म शीर्ष स्थानमा

एलजी ओलेड टिभी एक दशकसम्म शीर्ष स्थानमा

अर्थ डबली
मंगलवार, जेठ २३ २०८०
अर्थ डबली
मंगलवार, जेठ २३ २०८० (अर्काइभ बाट)
  • एलजी ओलेड टिभी एक दशकसम्म शीर्ष स्थानमा

    काठमाडौँ / सन् २०२३ को पहिलो त्रैमासिकमा बजारमा एलजी ओलेड टिभी अरु प्रतिस्पर्धी ब्राण्डहरु भन्दा अघि रहेर शीर्ष स्थानमा रहेको छ ।
     
    १३० भन्दा बढी राष्ट्रहरुमा बिक्री भइरहेको एलजी ओलेड टिभी विश्व बजारमा सबैभन्दा धेरै ठाउँमा उपलब्ध रहँदै आएको छ ।  गत वर्ष एलजी ओलेड टिभीहरुको संचित कुल ढुवानी (२०१३ मा उपलब्ध भए देखि) १५ मिलियन एकाइको आँकडा नाघेको थियो । जसकारण यो कोसेढुङ्गा पुग्ने एलजी पहिलो टिभी ब्राण्ड भएको बताइएको छ ।  

    images
    images

    एलजीले पहिलो त्रैमासिकमा ७० इन्च र माथिका अल्ट्रा–लार्ज ओलेड टिभीहरुको बजारको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । कम्पनीले ९७ इन्चको एलजी सिग्नेचर ओलेड एम (मोडल एम३) जस्ता इन्डस्ट्री–लिडिङ सोलुसन्सहरुको साथ अल्ट्रा–लार्ज प्रिमियम टिभी खण्डमा आफ्नो बलियो स्थितिलाई सुदृढ गर्दैछ, जुन मोडल विश्वकै पहिलो कन्ज्युमर टिभी हो । जसले ४के १२० हर्जसम्मको रियल–टाइम भिडियो र अडियो ट्रान्समिसन उपलब्ध गराउने जनाइएको छ। 

    पहिलो त्रैमासिकमा एलजीको ओलेड टिभी र एलसिडी टिभीको संयुक्त ढुवानी लगभग ५.५ मिलियन एकाइहरु थिए ।  जसमा ओलेड टिभीको हिस्सा मात्र ७३८,००० एकाइ थियो । यसबाहेक, एलजीले २०२३ को पहिलो त्रैमासिकमा आम्दानीको आधारमा विश्वव्यापी टिभी बजारको १७.१ प्रतिशत हिस्सा ओगटेको छ । 

    गत वर्षको यही त्रैमासिकको तुलनामा कम्पनीको विश्वव्यापी टिभी बजार हिस्सा थोरै घटेको छ । यसको प्रमुख कारण भनेको विश्वव्यापी बजारमा आएको मागको कमि र एलजीको स्टक रिस्क म्यानेजमेन्टमा प्राथमिकता बढेको नै भएको बताइएको छ ।  तैपनि एलजी ओलेड टिभीको बिक्री सशक्त रहेको छ जुन कम्पनीको २०२३ को पहिलो त्रैमासिकमा टिभी बिक्रीको ३० प्रतिशत भन्दा बढी रहेको छ ।
     
    पहिलो त्रैमासिकमा विश्वव्यापी टिभी ढुवानी घटेर ४६.५२ मिलियन एकाइ पुगेको छ ।  जुन २००९ को यही त्रैमासिकमा देखिएको थियो । यद्यपि, २०२३ को तेस्रो त्रैमासिकसम्ममा यसमा सुधार आउनेमा ओमिडा आशावादी रहेको छ र वर्षको अन्त्यसम्ममा ढुवानी बढेर २०५.५१ मिलियन एकाइ पुग्ने प्रक्षेपण गरेको छ । 

    ओलेड टिभी सेग्मेन्टले पनि यस वृद्धिको फाइदा उठाउने आशा रहेको छ । २०२२ मा ३६.७ प्रतिशत बजार हिस्सा रहेकोमा यस वर्षको अन्त्यसम्ममा ओलेड टिभीले प्रिमियम टिभी बजारको ४६.१ प्रतिशत राजस्वमा संकलन गर्ने ओमिडाले प्रक्षेपण गरेको छ । विगत केही वर्ष देखि ओलेड टिभी बजारमा प्रतिस्पर्धा बढेकोले गर्दा ओलेड टिभीहरुको बजार बढ्ने आँकलन गरिएको छ । 

    एलजीले विभिन्न स्कृन साइजहरु – ४२ देखि ९७ इन्चसम्म ८के र ४के अप्सनहरु र छनौट गर्नको लागि प्रिमियम डिजाइनहरु सहितको ओलेड टिभीहरु बजारमा लिएर आएको छ । 

    सहज र सुविधायुक्त फिचरहरु रहेको एलजी टिभीहरुले ग्राहकलाई विशेष अनुभव प्रदान गर्दछ । 
    ११ वर्ष देखि एलजी ओलेडले वार्षिक सिइएस इन्नोभेसन अवार्डमा सम्मानित भएको छ र थुप्रै “बेस्ट टिभी अफ द यिअर” को उपाधि प्रमुख छापाखानाहरुबाट पनि पाएको छ । 

    साताको लोकप्रीय