डिप्रोक्स र आदर्श लघुवित्तले असार १ गतेबाट एकिकृत कारोबार गर्ने, स्वाप रेसियो कति ? 

डिप्रोक्स र आदर्श लघुवित्तले असार १ गतेबाट एकिकृत कारोबार गर्ने, स्वाप रेसियो कति ? 

अर्थ डबली
बुधवार, जेठ २४ २०८०
अर्थ डबली
बुधवार, जेठ २४ २०८० (अर्काइभ बाट)
  • डिप्रोक्स र आदर्श लघुवित्तले असार १ गतेबाट एकिकृत कारोबार गर्ने, स्वाप रेसियो कति ? 

    काठमाडौँ / डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर भएको छ । यी दुई कम्पनी एकआपसमा गाभिपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार गर्नेछन् । 

    images
    images

    यी दुई कम्पनीले असार १ गतेबाट एकिकृत कारोबार गर्दैछन् । राष्ट्र बैंकले जेठ ३ गते पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारण सभाले प्राप्ति गर्ने प्रस्तावलाई पारित गरेका थिए ।

    गत चैत १३ गते दुई लघुवित्त वित्तीय संस्थाले प्राप्तिसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ शेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो।

    साताको लोकप्रीय