एनएमबि बैंक र दराज नेपालबीच सम्झौता, बिद्युतिय माध्यमबाट बिना धितो कर्जा प्रदान गर्ने

एनएमबि बैंक र दराज नेपालबीच सम्झौता, बिद्युतिय माध्यमबाट बिना धितो कर्जा प्रदान गर्ने

अर्थ डबली
बिहिवार, जेठ २५ २०८०
अर्थ डबली
बिहिवार, जेठ २५ २०८० (अर्काइभ बाट)
  • एनएमबि बैंक र दराज नेपालबीच सम्झौता, बिद्युतिय माध्यमबाट बिना धितो कर्जा प्रदान गर्ने

    काठमाडौँ / एनएमबि बैंक लि. र दराज नेपालबीच सम्झौता भएको छ । बैंक र दराज नेपालबीच भएको उक्त सम्झौतामा दराज नेपालका बिक्रेताहरुलाई बिना धितो बिद्युतिय कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । 

    images
    images

    उक्त सम्झौता बिशेषगरी बैंकिङ्ग पहुंच कम भएका, उत्पादनशिल उद्यमसंग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसंगको कारोवारको आधारमा ५ लाख रुपैयाँसम्मको चालु पुंजी कर्जा प्रदान गर्ने उदेश्यले भएको बैंकले जनाएको छ । 

    उक्त सम्झौतापत्र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आंचल कुंवरले आदान प्रदान गरेका थिए ।

    सो सम्झौताको बारेमा बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले अर्थतन्त्रको बास्तविक क्षेत्र तथा डिजिटलाईजेशलाई प्राथमिकता दिईरहेका र यस  कर्जा मार्फत ग्राहकहरुले अनलाईनमार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकाश गरेको र यस कर्जा मार्फत धेरै भन्दा धेरै एमएसएमई कर्जाका ग्राहकहरुको आवश्यक चालुपुंजी पूर्ति गर्ने बैंकले बिश्वास लिएको बताएका छन् । 

    यस कर्जा कागजरहित, झंझटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैैंकले लिएको यो प्रयास कोशेढुङ्ग सावित बैंकले बिश्वास लिएको छ ।

    एनएमबि बैंक विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । 

    एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    साताको लोकप्रीय