सुनचाँदीको भाउमा उतारचढाव कायमै, आज बढेर कारोबार हुने 

सुनचाँदीको भाउमा उतारचढाव कायमै, आज बढेर कारोबार हुने 

अर्थ डबली
शुक्रवार, जेठ २६ २०८०
अर्थ डबली
शुक्रवार, जेठ २६ २०८० (अर्काइभ बाट)
  • सुनचाँदीको भाउमा उतारचढाव कायमै, आज बढेर कारोबार हुने 

    काठमाडौँ / बिहीबार घटेर कारोबार भएको सुनचाँदी शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर कारोबार हुने भएको हो ।

    images
    images

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ थियो भने शुक्रबार बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै, यसअघि प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँ बढेको महासङ्घले जनाएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ रहेकोमा यो दिन बढेर १ हजार ४ सय ५५ रुपैयाँ पुगेको छ । 

    साताको लोकप्रीय